रौतहट जिल्ला स्थित बौधीमाई नगरपालिकाका प्रमुख राजिव रंजन यादवले तराईमा अझै पनि पूर्ण रुपमा दाइजो प्रथा बन्द नभएको बताएका छन् । नगरभित्र कानुन बनाएको भएपनि दाइजो प्रथा पूर्ण रुपमा रोक्न नसकिएको तर बालविवाहा भने रोकिएको नगर प्रमुख यादवले जनाए । बौधीमाई नगरपालिकामा दाइजो प्रथालाई जरैदेखी हटाउने अभियान आफुहरु रहेका उनले बताए ।
आफ्नो नगरभित्र जेष्ठ नागरिकको लागि उपचारमा निशुल्क गराएको र नगर भन्दा बाहिर लानुपर्ने अवस्था भएमा यातायात खर्च दिने गरेको पनि उनले बताए । आफ्नो नगरभित्र सेवा सुविधा अनुसार कर लगाएको बताउने यादवले सामाजिक विकास अन्तर्गत महिला विकास कार्यक्रमको निम्ति ३३ प्रतिशत रकम छुट्टाएको पनि बताए ।
स्थानीय सेवा सुविधा स्थानिय रुपमै नजिक पार्ने योजना अनुसार अगाडी बढिरहेका प्रमुख यादवले द्रन्दकालामा कर्मचारीतन्त्र र दलिय भागबण्डाको कारण विकास नभएको र अहिले जननिर्वाचितहरु आएपछि विकास निर्माणले फड्को मार्न थालेको पनि बताए । एक वर्षमा एउटा वडामा आधारभूत स्कुल थप्ने योजना अनुरुप अगाडी बढेका उनले शिक्षा र कृषिमा विशेष निगरानी राख्ने गरेका छन् ।
५ वर्ष पुगेका बालबालिकाहरुलाई बिद्यालय नपठाउने अभिभावकलाई सेवा सुविधाबाट बन्चित गराउनेसम्मको निर्णय गरेका उनले आफ्नो बालबालिका पढाउन सक्षम नभएका परिवारहरुको हकमा भने नगरले सहयोग गर्ने पनि जनाए ।
युवाहरुको निम्ति युवा स्वारोजगार कार्यक्रम चलाइसकेको र अब उधोग संचालन गराएर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने योजना बनाएको बताए । आफ्नो नगरमा स्वास्थ्यको कुनै पूर्वाधार नभएको हुँदा सर्प, स्याल र कुकुर जस्ता प्राणीहरुले टोक्दा उपचार गर्ने समस्या भएको जनाए ।
विश्वभर फैलिएको कोरोना महामारीको असर बौधीमाई नगरपालिकामा पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न नगरपालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि बौधीमाई नगरपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ । आगामी दिनमा नगरवासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै नगरको सम्पुर्ण विकास निर्माणका कामहरु अगाडि बढाउने गाउँपालिका अध्यक्ष थापको योजना छ । गाउँपालिकाको सम्पुर्ण जनतामा सकरात्मक सोचको विकास गरि रोजगार मुलक कार्यक्रम ल्याउने नगर प्रमुख यादवको योजना छ ।


प्रतिक्रिया दिनुहोस्