बाबुराम ओली
मंसिर २९, अक्षाम ।
अक्षाम जिल्लाको मंगलसेन नगरपालिकामा विकासका काम तिव्र रुपमा अगाडि बढिरहेको छन । विकासका काम तिव्र रुपमा अघि बढ्दा यहाँका स्थानियमा खुसियालि छाएको अक्षाम जिल्लाका मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहोराले बताउनु भयो ।
नगरपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत, कृषि, पर्यटन लगायतका सम्पूर्ण क्षेत्रमा विकासका कामहरु भइरहेका छन् । स्थानिय सरकार आउनु भन्दा पहिले शिक्षा क्षेत्रमा सेवासुविधाको पहुँच त्यती राम्रो नभएको तर नयाँ सरकारको आगमन पछि विषयगत शिक्षकको व्यवस्था, प्राविधिक शिक्षाको उपलब्धता, नयाँ थप कक्षाको व्यवस्था र आबश्यक मात्रामा पाठयपुस्तकको उपलब्धता जस्ता थप सेवासुविधा भएसँगै बालबालिकाहरु पढनको लागि टाढाटाढा जानुपर्ने अवस्था हराउदै गएका बोहोराले बताउनु भयो । सो क्षेत्रको कृषीलाई आर्थिक रुपमा विकास ल्याउनको लागि विउ, मल र अनुदान उपलब्ध गराएसँगै कृषि क्षेत्र फस्टयाउदै गएको छ । किसानहरुलाई हाते टयाक्टर, टनेल, तालिम लगाएतका थप सेवासुविधाहरुले गर्दा यहाँका किसानहरुमा उत्साहित भएको देख्न सकिन्छ ।
सो क्षेत्रमा प्रत्येक वडामा १ घर १ धारा अभियान सञ्चालन पनि गर्दै आइरहेको छ जो अहिले समपुर्ण घरघरमा नपुगेतापनी केहि घरहरुमा पुगेको र अन्य नपुगेको घरहरुमा पुगने चरणमा रहेको छ । सो नगरपालिकाले पर्यटन प्रबद्धनको लागि मठ मन्दिर, पाटि पौवा र सडक लगायतका थुहरुको निर्माण गरिरहेको पनि छ । स्थानिय सरकार आउनु भन्दा पहिले प्रतयेक वडाहरुमा सडक निर्माण नभएको तर निर्वाचन पछि प्रत्येक वडाहरुमा सडक निर्माण भएको गाउँपालिका अध्यक्ष बोहोराले बताउनु भयो । स्थानीयमा विद्युतको मात्रा सहज रुपमा पुर्याउनको लागि धेरै प्रयास गर्दा गर्दै पनि केहि वडाहरुमा पुगन सफल भएको र बाँकी रहेका वडाहरुमा ठेकेदारको कारणले ढिला सुस्ती भएको नगर प्रमुख बोहोराको दाबी रहेको छ भने जुन वडाहरुमा विद्युत पुगेको छैन त्यहाँ पुर्याउनको लागि विशेष रुपमा अघि बढेको उहाँको भनाइ रहेको छ ।
यी सम्पूर्ण काम गर्दा स्थानियबाट साथ निकै पाएको र बाँकी रहेका काम निमार्ण चरणमा रहेको नगरपालिका नगर प्रमुख बोहोराले बताउनु भयो ।
मंगलसेन नगरपालिकामा विकासले फडको मार्दै

प्रतिक्रिया दिनुहोस्