कोरोना भाईरसको विश्वव्यापी महामारीले यतिबेला दोलखाको तामाकोशी गाउँपालिका वडा नं. ५ तथा साविकको सहरेलाई त्रसित बनाइदिएको छ । केहि दिन अघिसम्म सुन्य संक्रमित रहेको यस वडामा एकै साता ६० जना भन्दा बढिलाई कोरोना संक्रमण भएको छ भने अझै टोल – टोलमा ज्वरो र खोकी लगायतका लक्षण देखिएका संकास्पद विरामीहरु पनि छन् ।
वडालाई आगामी ८ गते सम्मका लागि शिल गरिएको छ भने बाहिरी र भित्री आवत जावतलाई पनि निषेध गरिएको छ । सबै सहरेवासीहरु घरभित्रै बसिरहदा खाद्यन्न र अत्यावश्यक औषधीहरुको पनि अभाव पनि खेपिरहेका छन् । यहि अवस्थालाई मध्यनजर गर्दै केहि दिन अघि सहरेली यूवाहरुले स्वतस्फूर्त रुपमा सुरु गरेको सहयोग संकलन अभियानले विशेष कोरोना संक्रमितहरुलाई राहत प्रदान गरेको छ ।
सिकिस्त विरामी परे अस्पतालको व्यवस्था भए पनि सामान्य विरामी र संक्रमितहरुलाई लक्षित गरि पौष्टिक आहार र खाद्यन्नको अभाव झेलिरहेकाहरुलाई खाद्यन्न पनि वितरण सुरु गरेर सहरेली यूवाहरुले नमुना कार्य गरेका छन् ।
जनप्रतिनिधि र स्वास्थ्यकर्मिको टोलीसहित संक्रमितको घरआगनमा पुगेका यूवाहरुले स्थानीववासीहरुलाई मास्क र सेनिटाइजर तथा अत्यावश्यक औषधि पनि वितरण गरिरहेका छन् ।
यसै अभियानमा आवद्ध यूवाहरुले कोरोनाबाट प्रभावित सहरेवासीहरुलाई कुनै पनि प्रकारको समस्या हुन नदिने पनि बताईरहेका छन् ।
अरु बेला भिन्न – भिन्न राजनीतिक दलका कार्यक्रमहरुमा देखिने यूवाहरु एकतावद्ध ढंगले राहत लिएर टोल–टोलमा पसेपछि सहरेलीमा खुशियाली पनि छाएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्