समुद्र सतहदेखि करिब ३८४२ मिटरको उचाइमा रहेको कालिन्चोक केवलकारमा जेनजीको नाम लिएर आएका समूहले आक्रमण गरेका जनाइएको छ । एमाले नेता तथा प्रतिनिधिसभाको गत निर्वाचनमा दोलखाबाट उम्मेदवार बनेका बालकृष्ण शिवाकोटीको अधिकांश लगानी रहेको यस केवलकार स्थापनाकाल देखि नै विवादमा रहदै आएको थियो । गएराती तोडफोड भएपछि कालिञ्चोक दर्शन केवलकारमा व्यापक क्षति पुगेको छ। केवलकारका कार्यकारी निर्देशक अशोक शिवाकोटीले जानकारी दिनुभएको छ कि करिब राति ८ः९० बजे जेनजी को नाम लिएर आएका समूहले केवलकार तोडफोड गरेका हुन्।
३८४२ मिटरको उचाइमा रहेको कालिन्चोक केवलकारमा पनि जेनजीको नाममा आक्रमण


प्रतिक्रिया दिनुहोस्