के नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकप क्रिकेटमा पुग्ला ?

काठमाडौँ — नेपाल फेरि दुई पटक लगातार ट्वान्टी–२० विश्वकप क्रिकेटमा स्थान बनाउन सक्छ? यो सवालको जवाफ आगामी बुधबारदेखि ओमानको अल एमेरातमा सुरु हुने ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताले मात्र दिन सक्छ। नेपालसहित कुल ९ टोलीहरू यस छनोटमा प्रतिस्पर्धा गर्दैछन्। शीर्ष तीनमा पर्ने टोलीले भारत र श्रीलंकाले संयुक्त रूपमा फेब्रुअरी–मार्चमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने छन्। नेपाल र यूएईलाई विश्वकपको सम्भावित टोलीका रूपमा लिइएको छ। यसरी भए नेपालले तेस्रो पटक ट्वान्टी–२० विश्वकप क्रिकेटमा सहभागिता जनाउनेछ। यस क्षेत्रको छनोट...