चरिकोट । दोलखामा रहेको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले २०८२ साल श्रावण ३१ गते शनिबार बिहान ५ बजे देखि राति ८ बजेसम्म जलाशय सफा गर्ने कार्यक्रम तय गरेको छ।
यो कामका कारण सो अवधिभर तामाकोशी नदीको पानीको सतह अचानक बढ्न वा घट्न सक्छ। विशेषगरी तामाकोशी बाँधको तलतिर पर्ने लामाबगर, छेतछेत , गोंगर, जगत, टनिटार, जामुने, भोर्ले , सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती लगायत सुनकोशी नदीको दोभानसम्मका क्षेत्र प्रभावित हुन सक्नेछन्।
स्थानीय बासिन्दा र नदी किनारका मानिसलाई अत्यन्त सावधानी अपनाउन अनुरोध गरिएको छ। नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तु मात्र लाने, गाडी वा पैदल नदी पार गर्ने लगायतका गतिविधिहरू नगर्न पनि आग्रह गरिएको छ।
त्यसैगरी, नदी किनारमा पर्ने परम्परागत तथा धार्मिक संस्कार वा कार्यहरू गर्दा विशेष सर्तक रहन केन्द्रद्धारा जारी सूचनामा अनुरोध गरिएको छ।


प्रतिक्रिया दिनुहोस्