संघीय सरकारद्धारा प्रदेशलाई साढे ६१ अर्ब निकासा

संघीय सरकारद्धारा प्रदेशलाई साढे ६१ अर्ब निकासा

काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारहरूलाई रू. ६१ अर्ब ४९ करोड बराबरको अनुदान निकासा गरेको छ ।

सरकारले रू. ५० करोड २९ अर्ब समानीकरण अनुदानमा विनियोजन गरेकामा रू. २९ अर्ब ८१ करोड निकासा गरेको हो । यस्तै, रू. ५५ अर्ब २५ करोड सशर्त अनुदान विनियोजन गरेकामा रू. ३१ अर्ब ६८ करोड निकासा गरेको हो ।

यसैगरी, संघीय सरकारले प्रदेशमा पूर्वाधार योजना र कार्यक्रम सञ्चालनका लागि रू. ४ अर्ब ८१ करोड समपूरक अनुदान स्वीकृत गरेको छ । यस्तै, विशेष अनुदानका रूपमा रू. ३ अर्ब ७१ करोड स्वीकृत भएको छ । प्रदेश–३ र ५ ले विशेष अनुदान मागेका थिएनन् । संघीय सरकारले बाँकी प्रदेशका लागि विशेष अनुदानमा उक्त रकम स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्