पौडेल वंश महासंघ बागमती प्रदेशको प्रथम सम्मेलन उत्साहपूर्णरुपमा सम्पन्न

पौडेल वंश महासंघ बागमती प्रदेशको प्रथम सम्मेलन उत्साहपूर्णरुपमा सम्पन्न

पौडेल वंश महासंघ बामगती प्रदेशको प्रथम सम्मेलन ललितपुरको, महालक्ष्मी नगरपालिका वडा नं. ९, सिस्नेरी देबवली चौरमा भव्य र सभ्यरुपमा सम्पन्न भएको छ । वंशोद्धार गर्ने, वंशावली पहिचान गर्दै पूर्खाहरुको इतिहासलाई बचाइ राख्ने उद्धेश्यले स्थापना भएको पौडेल वंश महासंघको ६ वटै प्रदेशमा भेला सम्पन्न भएपछि अन्तिम प्रदेशस्तरिय भेलाको रुपमा बागमती प्रदेशको भेला आज सम्पन्न भएको हो ।
संघीय राजधानी यहि प्रदेशमा भएकोले आजको सम्मेलनको रौनक उच्चस्तरको थियो । विहान करिब ९ बजे उद्घाटन भएको सम्मेलनको अध्यक्षता केन्द्रीय उपाध्यक्ष दीपक प्रसाद पौडेलले गर्नु भएको थियो । केन्द्रीय अध्यक्ष लोकनाथ पौडेल प्रमुख अतिथिको रुपमा हुनु हुन्थ्यो भने बागमति प्रदेश सांसदहरु माधव प्रसाद पौडेल र शान्ति प्रसाद पौडेल, राष्ट्रिय सूचना आयोगका सचिव मुकुन्द प्रसाद पौडेल, नेपा बार एशोसियसनका महासचिव लिलामणी पौडेल, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत विभिन्न क्षेत्रमा योगदान दिएका पौडेल महानुभावहरुको पनि कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।


सम्मेलनका बामगती प्रदेशका १३ जिल्लाबाट करिव २५० जना प्रतिनिधि एवं पर्यवेक्षकहरुको सहभागिता रहेको थियो । सम्मेलनमा बोल्ने वक्ताहरुले पौडेल इतिहासका विविध पक्षहरुको बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
आजै भएको बन्द सत्रबाट संयोजक दीपक प्रसाद प्रसाद पौडेलको अध्यक्षतामा १५ सदस्यीय बागमती प्रदेश मुल कार्य समिति, १७ सदस्यीय वंशावली अद्यावधिक समिति तथा १७ सदस्यीय कुलपुजा समिति घोषणा गरिएको छ । समितिलाई बैठकहरुबाट पूर्णता दिदै १३ वटै जिल्लालाई सक्रिय बनाइने प्रदेश अध्यक्ष दीपक प्रसाद पौेडललेले जानकारी दिनु भयोे ।

 

प्रतिक्रिया दिनुहोस्