यमुनामाई गाउँपालिकामा वृहत खानेपानी आयोजना हुदैं

यमुनामाई गाउँपालिकामा वृहत खानेपानी आयोजना हुदैं

● कविता पोखरेल
माघ १२, यमुनामाई गाउँपालिका । रौतहट जिल्लाको यमुनामाई गाउँपालिकामा वृहत खानेपानीको आयोजना भएको छ ।

पालिकामा चाँडैं खानेपानी पु¥याउने हिसाबले डिप बोरिङ जडान गर्ने कार्य सम्पन्न भएको अध्यक्ष श्री प्रसाद मुखियाले बताउनु भयो । उक्त खानेपानी आयोजनाले पालिकाको सबै घर धुरीहरु लाभान्वित हुने मुखियाको अपेक्षा छ । स्थानीय सरकारको व्यवस्थापन पछि यस पालिकामा अन्य भौंतिक संरचना निर्माण कार्य पनि तिव्र गतिमा भइरहेको अध्यक्ष मुखियाको भनाई छ ।

सडक निर्माण कार्य ४ वटा वडामा सम्पन्न भएको छ भने बाँकी १ वडामा पनि चाँडैं सडक निर्माण हुने उहाँले भन्नुभयो । पालिका कै पहलमा प्रत्येक वडामा सामुदायिक भवन निर्माण गरेको छ भने अन्य शैंक्षिक क्षेत्रको लागि आवश्यक विद्यालय भवनहरु निर्माण पनि गरेको अवस्था छ । कृषि र सिचाईको लागि किसानहरुलाई बोरिङ वितरण गर्नुका साथैं आवश्यक विभिन्न विउ विजन समेत प्रदान गरेको अध्यक्ष मुखियाले जनाउनु भयो ।

पालिकामा यमुनामाई र राजदेवी मन्दिर निर्माण भएको छ । एक कुशल जनप्रतिनिधिको आगमनसंगै पालिकामा विगतको तुलनामा भन्दा चौंतर्फीं विकासको काम भएको स्थानीय वासिन्दाहरुले महशुस गरेको पाईन्छ । स्रोत साधनले भ्याएसम्म यस पालिकालाई जिल्लाकै समृद्ध गाउँपालिका बनाउनमा आफु निरन्तर लागि परेको अध्यक्ष मुखियाले भन्नुभयो ।

यस्तै, विश्व मानव समुदायलाई नै आातंकित बनाईरहेको बेला यस पालिका पनि अछुतो रहन सकेन । पालिकाले आफनो नागरिकहरुलाई कोरोनाबाट सुरक्षित राख्ने निम्ति टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आम नागरिकहरु समक्ष सतर्कता अपनाएको थियौं अध्यक्ष मुखियाले बताउनु भयो । बाहिरबाट आएका नागरिकहरुलाई पालिकास्तरीय ७० बेडको होम आइसोलेशनमा राख्ने व्यवस्था गर्नुका  साथैं बिरामीहरुको लागि १५ बेड क्षमता भएको कोरोना हस्पिटल समेत निर्माण गरेको अध्यक्ष मुखियाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्