दुई विद्यार्थी संगठनका केन्द्रिय अध्यक्षहरु दोलखाको चरिकोटमा

दुई विद्यार्थी संगठनका केन्द्रिय अध्यक्षहरु दोलखाको चरिकोटमा

दोलखा । नेपालका दुई पार्टीका विद्यार्थी संगठनका अध्यक्षहरु दोलखामा आउनु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादि केन्द्रको भातृसंगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रन्जित तामाङ र नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका सभापति राजिव ढुंगाना दोलखाको चरिकोट आउनुभएको हो । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष तामाङले आफु पारिवारिक घुमघाम र भेटघाटका लागि दोलखा आएको जानकारी दिनुभयो । अध्यक्ष दोलखा आएको अवसरमा संगठनको आन्तरिक छलफल गर्ने केन्द्रीय सदस्य प्रसुन कार्कीले जानकारी दिनुभयो ।

नेविसंघका सभापति ढुंगाना पनि घुमघाम र कार्यकर्ता भेटघाटकालागी दोलखा आउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्