पर्वत ।
फलेबास नगरपालिकाले श्रमिकलाई पेन्सन दिने भएको छ ।
नगरपालिका उपप्रमुख लक्ष्मी अधिकारीका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा योजनासँगको सहकार्यमा उक्त अभियान थालिएको हो । नगरपालिकाले अहिले परिचयपत्र बाँड्न सुरु गरेको छ । नगरले वडा नं.९ भगराका ४० जना श्रमिकलाई पहिलो पटक श्रमीक परिचयपत्र बाँडेको हो । श्रमीक परिचयपत्र पाएका श्रमिकले अब हरेक महिना आफ्नो खर्च कटाएर ५ सय रुपैयाँ जम्मा गर्नुपर्नेछ । उनीहरूले जम्मा गरेको पैसामा नगरपालिकाले ५ सय रुपैयाँ थप्नेछ ।
श्रमिकले पेन्सन भने ६० वर्षपछि मात्र पाउने नगरपालिकाले जनाएका छ ।
वैदेशिक रोजगारीमा नगएका र आम्दानी नभएकालाई उत्त, सुविधा दिन लगीएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयाृ । ‘मजदुरले गर्ने योगदानको आधारमा पेन्सन पाउँने उहाँको भनाई छ । उहाँका अनुसार ६० वर्ष उमेरभन्दा माथिकालाई उक्त कार्यक्रममा समावेश गरिएको छैन । योगदानमा आधारित सामाजिक सुरक्षा योजना नगरपालिकाका निजी क्षेत्रका केही व्यावसायिक फर्म यो योजनामा सामेल भए पनि नगरपालिकाले नै योजना कार्यान्वनयमा ल्याएको भने पहिलो हो ।



प्रतिक्रिया दिनुहोस्