भौतिक पुर्बाधारको बिकासमा जोड दिदै, सिरहाको मिर्चैया नगरपालिका

भौतिक पुर्बाधारको बिकासमा जोड दिदै, सिरहाको मिर्चैया नगरपालिका

रचना तिमल्सिना ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिकाले भैतिक पुर्बाधार विकासमा उल्लेखनीय प्रगति गरेको छ ।

नगरप्रमुख श्रवन कुमार यादवका अनुसार नगरले शिक्षा, स्वास्थ्य, यातायात लागायतका भौतिक पुर्वाधारको राम्रो बिकास गरेको छ । स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण नगरवासिमा पुर्याउन नगरले पहल गरिहेको छ । नगरपालिको केन्द्रमा जोड्ने सडकहरुको निर्माण र भएका सडकलाई कालोपत्रे गर्ने कामपनि धमाधम भईरहेको छ । नगरपालिकाका नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले ३ वटा वडामा स्गाथ्य चौकी भवन निर्माण भईसकेको छ भने केहि वडामा बन्ने चरणमा रहेका छन । नागरिकहरुलाई सेवा प्रदान गर्ने वडा कार्यालयहरुको भवनको निर्माण पनि भईरहेको छ । याहाको सडक, शिक्षा, स्वास्थ्य लगायतका पुर्वाधारको अवस्था हेर्दा समृद्ध मिर्चैया नगरपालिकाको सपना छिट्टै पुरा हुने आँकलन गर्न सकिन्छ ।

शैक्षिक क्षेत्रको बिकासको लागि नगरले आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको मिर्चैया नगरपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । नगरपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राखेर काम गरिहेको छ । कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई गाउँपालिकास्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्ने योजना रहेको नगरपालिकाका यादवले बताउनुभयो उहाँका अनुसार नगरपालिकाले कृषीको लागि सिंचाइको ब्यवस्था, मद विउ बिजनको अनुदान र पशुपालनको लागी पनि अनुदान दिई युवाहरुलाई कृषि तथ पशुपालन तर्फ आकर्षित गरिरहेको छ ।

विगतका दिनहरुमा विकास निर्माणको अभावका कारण यहाँका जनताले धेरै सास्ती खेप्नु परेको थियो । तर स्थानिय तहको निर्वाचन पछि मिर्चया नगरपालिकाले कुशल नेतृत्व पाएको छ । स्थानिय सरकारको गठन भएपछि जनप्रतिनिधिको सक्रियताले मिर्चैयाको मुहार फेरिन थालेको छ ।

नगरभित्र रहेका पर्यटकिय स्थलहरुको पहिचान गरि ति ठाउँहरुमा सडक पु¥याउने लगायतका भौतिक संरचना निर्माण गर्ने नगरपालिकाको योजना छ । सुन्दर र समृद्ध मिर्चैया नगरपालिका निमार्ण गर्न जनप्रतिनिधिको सक्रियता सँगै आम नगरवासिको साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको मेयर यादवले बताउनुभयो ।

विश्वभर फैलिएको कोरोना महामारीको असर मिर्चैया नगरपालिकामा पनि परेको नगरप्रमुख यादवले बताउनुभयो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न नगरपालिका लागि परिहेको छ । कोरोना महामारिमा नगरले ५ वटा होटलमा क्वारेन्टाईनको ब्यवस्था गरेको थियो । त्यस्तै सबै वडामा मास्क,सेनिटाईजर लगायतको स्वास्थ्य सामाग्री पनि वितरण गरिएको नगरप्रमुख यादवले बताउनुभयो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने मेयर यादवको योजना छ ।

प्रतिक्रिया दिनुहोस्