रामेछाप/जिल्लाको गोकुलगंगा गाउँपालिकामा माटो परिक्षण शिवीर संचालन गरिएको छ । किसानको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि उत्पादनमा बृद्धि गर्न शुक्रबार माटो परिक्षण शिविर संचालन गरेको हो ।
जिल्लामै पहिलो पटक संचालन गरिएको माटो परिक्षण शिविरमा १३५ वटा नमुना माटो परिक्षण गरिएको गाउपालिका कृषि शाखा प्रमुख सन्तोष कट्टेलले जानकारी दिए । क्षेत्रिय माटो परिक्षण प्रयोगशाला हेटौडा र गोकुलगंगा गाउँपालिकाको आयोजनामा शिविर संचालन गरिएको हो । माटो परिक्षण गर्न क्षेत्रिय माटो परिक्षण प्रयोगशाला हेटौडाबाट २ जना माटो विषशेज्ञ सहभागी भएका थिए । कुन माटोमा खाद्य तत्व छ कुनमा छैन् यर्थात रुपमा परिक्षण गरीएकाे छ । शिविरमा माटो चाँज गर्दा अधिकांस कृषी योग्य माटो भएको माटो विज्ञले जनाएका छन् ।
माटो परिक्षण गर्दा केहि सामान्य मात्रामा माटोमा नाइट्रोना, पोटास र फसफोरस देखिएको छ । त्यस्तै अधिकांस माटोको नमुनामा अम्लीयपना पनी देखिएको र यसको उपचारको लागि गाउँपालिकाले कृषि चुन बितरण गरी स्वस्थ बाली उत्पादन गर्ने लक्ष्य लिएको कृषि शाखा प्रमुख कट्टेलको भनाई छ । किसानले आफ्नो खेतको माटो परिक्षणपछि कुन ठाँउमा कुन बाललीको खेती गर्ने भन्ने बिषयमा निश्चित हुने र विभिन्न जातको अन्नबाली, फलफुलका विरुवा रोप्ने र तरकारी खेति गर्न किसानलाई सहज हुने उनले बताए ।
गाउँपालिकाले माटोलाई स्वस्थ बनाउदै स्वस्थ बाली उत्पादन गर्दै कृषिमा आत्मनिर्भर बनाउने अभियान अन्तर्गत शिविरको आयोजना गरिएको गाँउपालीका अध्यक्ष खड्ग सुनुवारको भनाई छ ।
कृषकको घर आगन पुगेर माटो जोगाउने सम्बन्धी जनचेतना समेत जगाउदै गाँउपालीको सम्पुर्ण वडाबाट माटो संकलन गरी कार्यलयमा ल्याएर परिक्षण गरीएको गाउँपालिकाका सूचना प्रबिधि अधिकृत संजय कुमार सुनुवारले बताए ।
पहिलो पटक गाउँपालिकाले माटो परीक्षण शिविर संचालन गरेर किसानलाई राहत पुग्ने काम गरेको स्थानीय कृषकहरूले बताएका छन् । आफुहरुले माटो परिक्षण पहिलो पटक गाउँपालिकामा गराएर कृषि विज्ञको सलाह अनुसार खेतवारीमा काम गर्न पाउने भएकोले स्थानिय खुसि छन । माटो परीक्षण शिबीरबाट स्थानिय आर्कर्षीत भएका छन । आगामी दिनमा पनी गाउपालीकाको कृषकको माग र आवस्यकतालाई हेरेर माटो परीक्षण शिबिर पुन संचानल गर्न सकीने गाँउपालीकाले जनाएको छ ।
माटो प्रकृतिको एक अभिन्न अङ्ग हो । सम्पुर्ण बिरुवा तथा जिबहरु जिबन यापनका लागी माटोमै आशृत छन । जसकारण पनि माटोलाई बिग्रन नदिइ यसको सुरक्षा गर्नु अतिआवश्यक हुन्छ । अझ कृषी तर्फ त माटोको महत्व अत्याधिक छ । बिउ माटोमा छरे देखी बिरुवा हुर्किइ यसले अनाज दिने बेला सम्म चाहिने सम्पुर्ण खाध्यतत्वहरु बिरुवाले माटोबाटै लिन्छ । जसकारण पनि माटोको अवस्था बिग्रन नदिन उपयुक्य समय समयमा माटो परिक्षण गर्नु अतिआवस्यक हुन्छ । त्यति मात्र नभइ बिरुवालाई आवश्यक खाध्यतत्व थाहा पाई त्यही अनुरुप आवश्यक मलखाद मात्रा पनि थाहा पाउन माटो परिक्षण गर्नु आवश्यक छ ।
जील्लामै पहिलो पटक माटोपरीक्षण शिबीर संचालन गरी गोकुलगंगा गाँउपालीकाले एउटा उदाहरणीय काम गरेको छ । यस भन्दा अगाडी पनी मोवाइल एप संचालन गरी गोकुलगंगा गाँउपालीका जिल्लामा उत्कृष्ठ छ भन्ने प्रमाणीत गरीसकेको छ । गाउपालीकाले सुचना, प्रबिधी र प्रचारप्रसारको क्षेत्रमा अगाडी छ । रामेछाप जील्लाको उदाहरणीय स्थानिय तह गोकुलर्गगा गाँउपालीकाबाट जिल्लाका अरु स्थानिय तहले पनी केही सिक्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्