प्रतिगमन पराजित भएको भन्दै दोलखामा मनाइयो खुशीयाली

प्रतिगमन पराजित भएको भन्दै दोलखामा मनाइयो खुशीयाली

सुदिप कार्की/दोलखा

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएलगत्तै दालखामा खुशीयाली मनाइएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापनाको पक्षमा फैसला गरेसँगै नेकपाको दाहाल–नेपाल पक्षका नेता कार्यकर्ताहरुले दोलखाको सदरमुकाम चरिकोटमा दिप प्रज्वलन गरेर खुसियाली मनाएका हुन । अनेरास्वबियु दोलखाको आयोजनामा भएको दिप प्रज्वलनमा नेकपा दोलखाका नेता कार्यकर्ताहरुले मैनबत्ती बालेर खुशी व्यक्त गरेका छन् । मंगलबार अदालतले दिएको आदेशमा १३ दिनभित्र संसदको अधिवेशन बोलाउन पनि भनिएको छ ।

यूवा नेता विकल खड्काले दोलखाले प्रतिगमनको पहिलो पटक विरोध यार्ली गरेको थियो र संसद पुनस्र्थापनाको खुशियालीमा पनि देशमै पहिलो पटक दिप प्रज्वलन कार्यक्रम गरेको बताउनु भयो । उहाँले प्रतिगमनको निरन्तर विरोध र अग्रमनको स्वागतका लागि दोलखाली कम्युनिष्ट नेता तथा कार्यकर्ताहरु सदैंव तयार रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्