राजविराज/ सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा कम तेल दिने एक पेट्रोलपम्पमा शिलबन्दी गरेको छ ।
गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका टोलीले शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा स्थित अबदुल्हा आयल निगम ट्रेडर्समा शनिबार सिलबन्दी गरिएको हो ।
गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शम्भुकुमार झाले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय पातोको टोलीद्वारा गरिएको अनुगमनका क्रममा सो पम्पमा रहेको डिजेलमा प्रति पाँच लिटरमा १७० मिली घटी गरी बिक्रीवितरण गरी रहेको पाइएपछि सिलबन्दी गरिएको प्रमुख झाले बताउनुभयो ।
सिलबन्दी गरिएको पम्पलाई स्टेन्डर्ड नापतौल ऐन २०२५ दफा ३० बमोजिम माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रमुख झाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्