ओर्लिन बस रोक्नु भनेको, एक्कासी बस खस्यो : घाइते,पौंवाडाडा बस दुर्घटना

ओर्लिन बस रोक्नु भनेको, एक्कासी बस खस्यो : घाइते,पौंवाडाडा बस दुर्घटना

दोलखाको तामाकोसी गाउँपालिका वडा नं. ५, पौंवाडाडामा भएको बस दुर्घटनामा परि घाइते भएकी वर्ष २६ कि, चन्द्रवती सुवेदी सुनुवार र संगै बस्ने अर्की साथीले ओर्लने ठाउँमा बस रोक्न चालकलाई भन्दा ब्रेक फेल भएर गाडी एक्कासी सडकबाट तल पुगेको बताएकी छिन् ।

नयाँपुल अनलाईनसँग कुरा गर्दै सोहि दुर्घटनामा घाईते भएकी चन्द्रावति सुनुवारले उकालो घुम्तीमा ब्रेक फेल भएपछि बस पछाडि पल्टिएको बताईन । दुर्घटना हुनु भन्दा केही समय अघिनै बसमा खराबी देखिए पनि चालकले जवर्जस्ती बस चलाउँदा दुर्घटना भएको उनको भनाई छ । भक्तपुरस्थित मध्यपुरथिमि अस्पतामा उपचाररत उनले बस पल्टिँदा आफुले थाहा पाएको त्यसपछि आफुलाई केही होस नभएको बताईन । उनको हात र खुट्टामा गहिरो चोट लागेको छ । उनि सँगै उपचाररत गंगा सुवेदीको भने टाउकोमा गहिरो चोट लागेको छ । उनिहरु दुबैजना रामेछापको खिम्ती स्थित श्री जाल्पादेवी मन्दिर दर्शन गरेर घर फर्किनेक्रम दुर्घटनामा परेका हुन ।

बस दुर्घटनामा परि गम्भिर घाईते २ जनाको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । ट्रमा सेन्टरमा उपचाररत बर्ष ७० का कृष्ण प्रसाद फुयाँलको हत्केला गाडिले किचेर गुमेको छ । अर्का घाईते गोफ्ले सार्कीको पनि अवस्था गम्भिरर रहेको छ । उनिहरु दुबै जनालाई सेनाको हेलिकप्टर मार्फट काठमाण्डौ ल्याइएको थियो । सेनाको हेलिकप्टर व्यवस्थापन र घाईतेको हरुको उद्धारको लागी दोलखाका प्रदेशसभा सांसद बिशाल खड्काले बिशेष पहल गर्नु भएको थियो ।

२८ जना यात्रु लिएर काठमाण्डौबाट दोलखाको हावा तर्फ जादै गरेको बा २ ख ६५९८ नम्बरको बस तामाकोसी गाउँपालिका वडा नं. ५ शहरेको पौवाडाँडामा दुर्घटनामा परेको हो । दुर्घटनमामा ८ जना घाईते भएका थिए । ४ जना सामान्य उपचार पछि घर फर्किसकेका छन ।

दुर्घटना पछि फरार रहेको बसका चालकलाई शनिबारनै प्रहरीले प्रक्राउ गरिसकेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय दोलखामा हिरासतमा राखिएको किर्नेटार प्रहरी चौकीका ईन्चार्ज दिपक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्