सहरे विपद् सहयोग समाजको शुभकामना तथा देउसी भैलो सम्पन्न

सहरे विपद् सहयोग समाजको शुभकामना तथा देउसी भैलो सम्पन्न

काठमाडौँ ।। नेपालीहरूको दोस्रो महान चाडको रुपमा परिचित तिहार, नेपाल सम्वत् ११४६ को प्रारम्भ र आँउदै गरेको छठ पर्वको अवसरमा सहरे विपद् सहयोग समाज, दोलखाले आज कात्तिक ४ गते मा विशेष कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा शुभकामना आदनप्रदान तथा देउसीभैलोको आयोजना पनि गरिएको थियो।

कालिन्चोक खड्का पार्टी प्यालेस, कोटेश्वरमा आयोजित उक्त कार्यक्रममा संस्थाका पदाधिकारीहरू, समाजसेवी, सहरे घर हुने स्थानीय व्यक्तित्व र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको र कार्यक्रम हर्षोल्लास वातावरणमा सम्पन्न भएको समाजका अध्यक्ष खुस बहादुर खड्काले बताउनु भयो ।

​दोलखा जिल्लाको तामाकोसी गाउँपालिका वडा नं. ५, सहरेका नागरिकहरूको सेवा र विकासको लागि पहल र पैरवी गर्दै आइरहेको यस संस्थाले मौलिकतालाई बचाउन र सहरेवासीहरुबीचको सदभावलाई बलियो बनाउदै समृद्धितर्फ अगाडि बढ्न झनै सक्रियतापूर्वक लाग्ने अठोट गरेको समाजका वरिष्ठ उपाध्यक्ष डा. हाम प्रसाद अधिकारी, ‘पाण्डव’ ले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्