जिल्लाकै समृद्ध गाउँपालिका बन्दै चम्पादेवी

जिल्लाकै समृद्ध गाउँपालिका बन्दै चम्पादेवी

कविता पोखरेल 
चम्पादेवी गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनसँगै ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा विकास निर्माण कार्य तिव्र गतिमा भइरहेको अध्यक्ष नवराज के.सी. बताउनु हुन्छ ।

पालिकादेखि वडासम्मलाई जोडने सडक निर्माण कार्य सम्पन्न भएको र हाल सबै वडामा यातायातका सवारी साधनहरु निरन्तर रुपमा सञ्चालन भइरहेको अध्यक्ष के.सी.ले भन्नुभयो ।  ११ वटा स्वास्थ्य संस्था निर्माणकाे काम सम्पन्न भएकाे र वर्थिङ सेन्टर समेत संचालन गरि गाउँपालिकाले सेवा दिदै आईरहेकाे छ । प्राविधिक शिक्षामा जाेड दिदै १५ सैया  हस्पिटलकाे निर्माण कार्य संचालन भईरहेकाे छ । २७ रोपनी जग्गा खरिद गरी गाउँपालिकाको भवन  निर्माणकाे कार्य छिट्टै सम्पन्न गर्ने गरी काम गरिरहेकाे के.सीले जानकारी गराउनु भयाे । साथै, एउटा वडा कार्यलयकाे भवन निर्माणकाे काम सम्पन्न भएकाे र अरु वडामा काम भईरहेकाे छ ।

समग्रमा सम्पूर्ण क्षेत्रलाई समेट्दैं पालिका समृद्धिको उचाईमा निरन्तर अघि बढी रहेको देखिन्छ । विगतको तुलनामा यस पालिकामा उल्लेखनीय विकास निर्माण कार्य भएको अध्यक्ष के.सी.ले भन्नुभयो । यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि पालिकाले टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रमद्धारा आफना नागरिकहरु समक्ष सचेतना गराएको उहाँले बताउनु भयो । कोरोनाबाट प्रभावित भएका र विपन्न घर परिवारहरुलाई राहत वितरण समेत गरेको अध्यक्ष के.सी. ले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्