कविता पोखरेल/रतन वि.क
मंसिर ३० दोर्दी । लमजुङ जिल्लाको दोर्दी गाउँपालिमा १ घर १ धारा अभियान सञ्चालन भएको छ । गाउँपालिकाका अध्यक्ष ओम बहादुर गुरुङले बताउनु हुँदैं दोर्दी गाउँपालिकामा जम्मा ९ वटा वडाहरु रहेको छ । सबै वटालाई समेटेर ९ वटै वडाको प्रत्येक टोलटोलमा खानेपानी पु¥याउने लक्ष्य रहेको उहाँको भनाई छ । गुरुङले भन्नुभयो समग्रमा सबै क्षेत्रलाई समेट्दै अघि बढी रहेका छौं ।
यस्तै गाउँपालिकामा भौतिक पूर्वाधाहरुको कार्यहरु तिव्र अवस्थामा छ । विशेष गरी पर्यटन, खानेपानी, सडक, स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रहरुमा विकास निर्माण कार्य पहिलेको तुलनामा धेरै भएको महशुस भएको अध्यक्ष गुरुङले बताउनु भयो । गाउँपालिका भित्र रहेको सबै विद्यालयहरुमा गुणस्तरीय शिक्षाको व्यवस्था समेत भएको छ । विश्व मानव समुदायमाथि नै कोरोना भाइरसले आतंक मच्चाई रहको बेला नेपाल पनि यसबाट अछुतो रहन सकेन । सो अवस्थामा कोरोना संक्रमण फैलिन नदिनका लागि गाउँपालिकामा विभिन्न जनचेतामुलक कार्यक्रम मार्फत आफना नागरिकहरुलाई सचेत गराएको अध्यक्ष गुरुङले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्