गोकुलगंगामा कांग्रेसको विरोध र्‍याली, नेता भन्छन् ओली र कम्युनिष्टका कारण देश बर्बाद

गोकुलगंगामा कांग्रेसको विरोध र्‍याली, नेता भन्छन् ओली र कम्युनिष्टका कारण देश बर्बाद

नेपाली कांग्रेस, गोकुलगंगा गाउँपालिकाले केपि ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरुद्धमा आज विरोध र्‍याली आयोजना गरेको छ । गोकुलगंगा गाउँपालिकाको केन्द्र भिमसेनस्थानको सेरोफेरोमा आयोजित सो र्‍यालीमामा नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, पूर्वसांसद आङटावा शेर्पासहित नेताहरु दिपक खड्का, रामकृष्ण खड्का, जगद बहादुर कार्की, देवराज कार्की, मनिकुमार लामा, सिताराम कार्की र चिरन्जीवी कार्की र नेपाली कांग्रेस गोकुलगंगा गाउँपालिकाका नेता तथा कार्यकर्ता लगायत सर्वसाधरणहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

No description available.
र्‍याली कोणसभामा परिणत भएपछि, नेपाली कांग्रेस गोकुलगंगा गाउँपालिकाका सचिव कुलराज सुनुवारले कार्यक्रम संचालन गरेका थिए । मन्तव्य राख्दै अतिथिहरुले, केपि ओली र कम्युनिष्टका कारण देश बर्बादीको दिशातिर अगाडि बढेकोले, नेपाली कांग्रेसले मात्र देशको नेतृत्व जनताको अपेक्षा अनुसार गर्न सक्ने दाबी गरेका थिए ।

No description available.

प्रतिक्रिया दिनुहोस्