काठमाडौं । शहरे विपद् सहयोग समाज, दोलखाको आयोजामा शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्व २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष खुश बहादुर खड्काको नेतृत्वमा आयोजित सो कार्यक्रममा तामाकोसी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी लगायत संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य लगायतका उपत्यकामा विभिन्न पेशा व्यवसाय तथा अध्ययन र सेवा क्षेत्रमा सक्रिय सहरेवासीहरुको सहभागिता रहेको थियो । गत कार्तिक १५ गते काठमाडौंको कोटेश्वरस्थित कालिन्चोक पार्टी प्यालेसमा सो कार्यक्रम सम्पन्न भएको हो ।
समाजका अध्यक्ष खड्काका अनुसार शहरे विपद्ले सहरेवासीको पिडा र खुशिका घडीमा सहकार्य र समन्वय गर्दै अगाडि बढिरहेको र आगामी दिनमा पनि यसलाई थप प्रभावकारी तवरले अगाडि बढाउने लक्ष्य लिएको छ ।


प्रतिक्रिया दिनुहोस्