मोरङको बेलबारी नगरपालिकाका प्लाष्टिक झोला मुक्त नगर घोषणा

मोरङको बेलबारी नगरपालिकाका प्लाष्टिक झोला मुक्त नगर घोषणा

मोरङ/ जील्लाको बेलबारी नगरपालिकाका लाई पलाष्टिकको झोला मुक्त नगर घोषणा गरीएको छ। बेलबारी नगरपालिकामा बुधवार एक कार्यक्रमम गरी नगरपालीकाका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर तारा पराजुलि र प्रमुख प्रशासकिय अधिकृत प्रदिप कुमार शाहाले डसविनमा पलाष्टिकका झोला हाल्दै नगरपालिकालाई पलाष्टिक मुक्त नगर घोष्णा गरेका हुन ।

सफा र स्वच्छ नगरको परिकल्पनामा गर्नका लागि पलाष्टिक झोला मुक्त नगर घोषणा गरिएको मेयर सुवेदीले बताए। जेष्ठ २२ विश्व वातावरण दिवसको अवसर पारेर नगरपालिकाले पालष्टिकका झोला नगर क्षेत्र बाट विस्थापित गरिएको उनले बताए । अब नगरपालिका क्षेत्रमा प्लाष्टिकको झोला किन बेच गर्न पाइदैन नगरपालिकाका प्रबता योगेन्द्र सुवेदीले जानकारी दिए । हामिले यस अघिनै पालटिकको खोलहरु समेत किनि दिएका छौ । प्रत्येक वडामा नगरपालिकाले नगरवासिलाई प्लाष्टिकका झोलाका बेफाइदाहरुका वारेमा जानकारी गराएपछि झोला मुक्त नगर घोष्णा गरिएको समेत उनले बताए ।

“प्लाष्टिक होईन विकल्प खोजौ, प्रदुषण होईन स्वच्छता रोजौ” भन्ने नारा नै दिएर नगरपालिकाले पलाष्टिक झोला प्रतिबन्ध लगाउन विभिन्न कार्यक्रम पश्चात घोषणानै गरेको हो । प्लाष्टिक मुक्त नगर घोषणा गर्नका लागि नगरपालिकाले २०७५ चैत्र १० गते देखीनै कार्यालय परिसरमा वोतलको पानी प्रयोगमा प्रतिबन्द लगाइ सकेको छ । प्लाटिकका झोलाले मानव स्वास्थ्यदेखि वातावरणमा समेत असर पुर्यारहेको हुन्छ । जनावारदेखि मानव स्वास्थ्यमा समेत प्लाष्टिकको झोलाले असर पुर्याउने गरेको बिज्ञहरुको भनाइ रहेको छ । अब देखी पलाष्टिकका झोलाहरु किन बेच गरेको पाइएमा तत्कालनै कारबाही गरिने समेत नगरपालिकाले जनाएको छ । नगरपालिकाले अनुमगन गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्