काठमाडौं । गृह मन्त्रालयले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
सह–सचिव उदय बहादुर रानामगरलाई काभ्रे, अर्जुन प्रसाद पोखरेललाई रुपन्देही, गजेन्द्र बहादुर श्रेष्ठलाई कपिलबस्तु, द्रोण पोखरेललाई नुवाकोट र कृष्ण बहादुर राउतलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी सह–सचिव उद्धव बहादुर थापालाई गृह मन्त्रालय सरुवा गरिएको छ ।
गृह–मन्त्रालयले ८ जना उप–सचिवलाई कामु प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको छ ।
उप–सचिव रुद्र प्रसाद पण्डित तनहुँ, गोपाल कुमार अधिकारी सिराह, टेक नारायण पौडेल डोटी, सम्भु प्रसाद मरासिनी नवलपरासी बर्दघाट सुस्ता पीश्चम, विष्णु कुमार कार्कि नवलपरासी बर्दघाट सूस्ता पुर्व, जनार्दन गौतम सिन्धुली, देवेन्द्र लामिछाने गोरखा र ध्रुव कुमार खड्कालाई उदयपुरको कामु प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ ।
त्यस्तै रुकु मपश्चिमको प्रमुख जिल्ला अधिकारीमा उपेन्द्रराज पौड्यालको सरुवा भएको छ ।
कल्पना घिमीरे नेपाललाई पर्वत र लक्ष्मण ढकाललाई रोल्पा सरुवा गरिएको छ ।
गृह–मन्त्रालय र मातहतमा कार्यरत सह–सचिव र उप–सचिव समेत गरी कुल २३ जना कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तो छ सुचि :
प्रतिक्रिया दिनुहोस्