ʻ राख्दै गर्नु दशैंको जमरा ʼ युटुवमार्फत सार्वजनिक

ʻ राख्दै गर्नु दशैंको जमरा ʼ   युटुवमार्फत सार्वजनिक

काठमाडौं । नेपालीहरुको महान चाड दशैं पर्वको रौनकता सुरु भएसँगै हरि फुयाल (लोक पारखी) र सुशिला देवकोटा फुयालको सुमधुर स्वरमा ‘ राख्दै गर्नु दशैंको जमरा ‘ बोल गीत युटुवमा आएको छ । रोजगारीका सिलशिलामा परदेश गएका श्रीमान र घर सम्हालेर बसेकी श्रीमतीका भावनाहरूलाई गीतले असाध्यै मार्मिक तवरले जोडेको छ ।

गीतले चाडवाडमा गाउँघरमा हुने रमाइलो र परिवारको मिलनलाई पनि महत्वका साथ प्रस्तुत गरेको छ । सानु केसीको शब्द र रेशम थापाको लयमा सजिएको गीतको भिडियोमा हरि र सुशिलासँगै रामकुमार खतिवडा तथा लक्ष्मी दर्नाललाई पनि देख्न सकिन्छ । भिडियोलाई उमेश कार्कीले निर्देशन गरेका छन् । भिडियो सुशिला देवकोटाको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको भिडियो हेर्न तथा सुन्नका लागि तलको Youtube Link क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्