कविता पोखरेल
माघ ११, रघुगंगा गाउँपालिका । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकाको सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षाको लागि विशेष पहल भइरहेको अध्यक्ष भव बहादुर भण्डारीले भन्नुभयो ।
पालिकाको सम्पूर्ण आधारभुत विद्यालयहरुमा शिक्षाको पहुच पु¥याउने र स्रोत साधनले भ्याएसम्म आवश्यक सुधार गर्ने काम भइरहेको अध्यक्ष भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो, आफु निर्वाचित भए पश्चात पालिकामा भौतिक पूर्वाधारको कामले तिव्रता पाएको छ । पालिकाका भवन निर्माणको लागि टेन्डरको काम सम्पन्न भएको अध्यक्ष भण्डारीले जनाउनु भयो ।
एक घर एक धाराको खानेपानी अभियान सञ्चालन भएको छ । सो योजनाले टोलटोलमा खानेपानी पुग्ने उहाँको विस्वास छ । पालिकामा खेलकुद मैहदान समेत निर्माण भएको छ अध्यक्ष भण्डारीको भनाई छ । सडक संरचनाको काम पनि तिव्र गतिमा भएको छ । पालिकादेखि सम्पूर्ण वडा कार्यलयहरुलाई जोड्ने मुख्य सडक निमार्ण गर्ने काम भइरहेको अध्यक्ष भण्डारीले भन्नुभयो । विगतको तुलनामा भन्दा यस पालिकाले विकास निर्माणको कामले परिवर्तन छाएको देखिन्छ ।
यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि टोलटोल विभिन्न जनचेतनामुलक कार्यक्रमद्धारा आम नागरिकहरुलाई सतर्कता अपनाएको अध्यक्ष भण्डारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्