रचना तिमल्सिना
शुद्धोधन गाउँपालिका
कपिलवस्तु जिल्लको शुद्धोधन गाउँपालिकामा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन प्रबद्र्धन, पशुपालन तगायत सम्पुर्ण क्षेत्रलाई समेट्दै अगडि बडिरहेको अध्यक्ष निशार अहमद खाँ ले जानकारी दिनुभयो ।
उक्त, गाउँपालिकामा कृषि क्षेत्रलाई विकास गरि गाउँमै युवाहरुलाई रोजगरीको व्यवस्था गर्ने गरि काम भइरहेका अहमद खाँ ले बताउँनु भयो ।
सो गाउँपालिकामा शिक्षामा विशेष जोड दिदै प्रत्येक विद्यालयमा सि.सि टिभि र पँखा जाडन गरि विद्यार्थीहरुलाई सहज वातावरणमा पठन पाठन कार्य जारि भईरहेको छ । सोही गाउँपालिकामा सिभिल इन्जिनियरीङ पढाई सञ्चालन भईरहेको छ । २ वटा एम्बुलेन्स सञ्चालन र थप दुई वटा ल्याउने योजना गाउँपालिकाको रहेको अध्यक्षले बताउनु भयो । गाउँपालिकाले ३६ लाख लगानी गरि खेल मैदानको निर्माणको काम सम्पन्न भएको र अपाङगलाई सहज तथा सरलहोस् भनि गाउँपालिकाले प्रत्येक अपाङगलाई स्कुटि वितरण गरिएको छ । खोप केन्द्रि २ ठाउँमा बन्दै र अनाथलय निर्माणधिनमा रहेको छ ।
गाउँपालिकामा दस सैयाको कोरोना हस्पिटल बनाउने योजना रहेको तथा आर सि सि पक्कि पुल निर्माणको काम भईरहेको अहमद खाँले बताउँनु भयो । कोभिड १९ वाट बच्न आफ्ना नागरिकहरुलाई विभिन्न माध्यमको साहयताले सचेतना तथा ५५ वेडको आइसोलेशनको व्यवस्था समेत गाउँपालिकाले गरिरहेको छ । माक्स, स्यानिटाईजर र साबुन गाउँपालिकाले वितरण पनि गरेको हो । उक्त, गाउँपालिकामा गरिब विपन्न परिवारलाई राहातको व्यवस्था पनि गाउँपालिकाले गर्दै आएको अध्यक्षले जानकारी दिनु भयो ।
स्थानीय निर्वाचन पछि शुदोधन गाउँपालिकामा भौतिक पूर्वाधारहरुको विकास कार्यहरु तिव्र गतिमा भईरहेको अनुभव गर्दछन् त्यहाँका वासीन्दाहरु ।
प्रतिक्रिया दिनुहोस्