काठमाडौ । सीता एयरको जहाज दुर्घटनाबाट जोगिएको छ। लुक्लाबाट काठमाडौंका लागि उडेको (एन ए जे एच) कलसाइनको जहाज बुधबार दिउँसो दुर्घटनाबाट जोगिएको हो।
लुक्लाबाट उडेको २ मिनेटमै जहाजको एउटा इन्जिनमा समस्या आएपछि क्याप्टेनले टावरलाई खबर गरेका थिए । सीता एयरका महाप्रबन्धक घनश्याम आचार्यका अनुसार १८ सिट क्षमताको जहाजमा पाइलट बाहेक यात्रु सवार थिएनन् ।
पाइलटको सावधानीले जहाज काठमाडौंस्थित त्रिवि विमानस्थलमा सकुशल अवतरण भएको हो ।
प्रतिक्रिया दिनुहोस्