भौतिक पूर्वाधारको क्षेत्रमा अघि बढ्दैं : पुथा उत्तरगंगा गाउँपालिका

भौतिक पूर्वाधारको क्षेत्रमा अघि बढ्दैं : पुथा उत्तरगंगा गाउँपालिका

कविता पोखरेल
माघ २२, पुथा उत्तरगंगा गाउँपालिका । मुलुकमा स्थानीय सरकार गठन भएको छोटो समयमा कतिपय स्थानीय तहहरुमा विकासको काम तिव्रगतिमा भइरहेको अवस्था छ । यिनै, स्थानीय तहहरु मध्ये एउटा उदाहरण रुकुम जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका पनि हो ।

पालिकाले आम नागरिकहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउदैं आइरहेको पालिकाका, अध्यक्ष ओम प्रसाद घर्तीले भन्नुभयो । यसले विगतको जस्तो सानोतिनो उपचारको जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हटेको छ ।

किसानहरुलाई तरकारी खेती गर्नको लागि विभिन्न उन्नत जातको विउ विजन वितरण गर्नुका साथैं युवाहरुलाई पशुपालनमा विशेष जोड दिदैं कृषि क्षेत्रमा पनि उल्लेखनीय प्रगती गरेको छ । पालिकामा स्याउ र सुन्तला उत्पादन गर्नको लागि निकै प्रख्यात ठाउँ रहेकोले ३२०हेक्टर जमिनमा स्याउ लगाएको छ भने ७ सय वटा सुन्तलाको बोट विरुवाहरु लगाएको छ ।

यस्तै, पालिकादेखि वडा कार्यालयसम्म जोड्ने सडक निर्माण भएको छ भने पालिका भवन निर्माण योजना रहेको र केही वडा कार्यलयहरु निर्माण कार्य सम्पन्न हुनुका साथैं केही बन्ने क्रममा रहेको छ । पालिकाले ५ करोड लगानीमा उत्तरगंगा जलविद्युत आयोजना निर्माण गरेको छ । उज्यालो गाउँपालिका निर्माणको यो अभियानले सबै वडामा विद्युतीय सेवा पुग्ने अध्यक्ष घर्तीको विस्वास छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीकरणको लागि पालिकाले आम नागरिकहरु समक्ष सर्तकता अपनाएको थियो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाइृन र होम आइसोलेशनमा राख्ने व्यवस्था गर्नुका साथैं पिडीतहरुलाई राहत वितरण गरेको अध्यक्ष घर्तीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्