आठराई त्रिवेणी गाउँपाकिामा विकासको कामले तिव्रता पाउदैं

आठराई त्रिवेणी गाउँपाकिामा विकासको कामले तिव्रता पाउदैं

कविता पोखरेल
माघ २०, आठराई त्रिवेणी गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापनसँगै ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा भौतिक पूर्वाधारको कामले तिव्रता पाएको छ । गाउँपालिकाले सबै वडामा सडक सञ्जाल पु¥याएको अवस्था छ । सडक निर्माण कार्य सम्पन्न भए पछि यात्राको लागि सहज भएको पालिकाका, अध्यक्ष विश्वनाथ सिटौलाले भन्नुभयो ।

आम नागरिकहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहुच पुर्‍याउने लक्ष्य राखेको छ । यसले विगतको जस्तो सानोतिनो उपचारको जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हटेको अवस्था छ । कृषि क्षेत्र अन्तर्गत किसानहरुलाई तरकारी खेती गर्नको लागि विभिन्न उन्नत जातको विउ विजन वितरण गर्नुका साथै पशुपालनको लागि विशेष जोड दिएको छ ।

पालिकाको सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्थापन देखि विद्यालयमा आवश्यक भौतिक संरचनाहरु निर्माण गरेको छ । एक घर एक धाराको अवधारणा अपनाई टोलटोलमा खानेपानीको सुविधा गरको छ भने विद्युतीय सेवाहरु पनि पुर्णरुपमा पुर्‍याएको छ । स्थानीय सरकार गठन भएको करिब साढे ३ वर्षको अबधिमा पालिकालाई समृद्धिको बाटोमा पुर्‍याउनको लागि पालिकाका, अध्यक्ष सिटौलाको विकासका योजना र त्यसको कार्यान्यवन पनि त्यतिकै अनुकरणीय नै छ ।

विश्वव्यापी रुपमा फैलिएको महामारी न्यूनीकरणको लागि यस पालिकाले आम जनताहरुलाई सचेतना गराएको थियो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको पालिकाका, अध्यक्ष सिटौलाले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्