माओवादी केन्द्र रामेछापले बिहिबार पार्टी कार्यालय उदघाटन गर्दै

माओवादी केन्द्र रामेछापले बिहिबार पार्टी कार्यालय उदघाटन गर्दै

रामेछाप । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेपछि विभिन्न जिल्लाहरुमा धमाधम पार्टी कार्यालयहरु ब्यूँताउन थालिएको छ । आइतबार सर्वोच्च अदालतले नेकपाबारे ऋषि कट्टेलको पक्षमा फैसला गर्दै पूर्वएमाले र माओवादी केन्द्र ब्यूँताएसँंगै जिल्लाहरुमा आ–आफ्नो पार्टीको नाम र चिन्ह सहितको बोर्ड राख्न थालिएको छ ।

यसैबीच, नेकपा माओवादी केन्द्र रामेछापले पनि कार्यालय उदघाटन गरि आफ्नो बोर्ड राख्ने भएको छ । माओवादी केन्द्रले विहिबार मन्थलीको देवकोटा चोकमा पार्टी कार्यालय उद्घाटन गरि आफ्नै बोर्ड राख्न लागेको हो । सर्वोच्च अदालतको निर्णयपछि पार्टी औपचारिकरुपमा अलग अलग भएकोले माओवादी केन्द्रले पार्टीको केन्द्रीय नेतृत्वको निर्देशनपछि बोर्ड फेर्न  लागेको माओवादी केन्द्रले जनाएको छ ।

यसअघि नेकपा एमाले रामेछापले पनि पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राखिसकेको छ ।

नेकपा एमाले रामेछापले मंगलबारबाट पार्टी कार्यालय उदघाटन गरेर औपचारिक रुपमा पार्टी कार्यालय सञ्चालन गरेको हो । हाललाई नेकपा एमालेले रामेछापको जिल्ला अध्यक्षमा पहिले ओली समुहका अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरोषत्तम कडेरियालाई नै तत्कालको लागि यथावत राखेको छ । एमाले र माओवादी केन्द्र एकीकरण हुनुपूर्व एमाले रामेछापको अध्यक्षमा शान्ति पौडेल र सचिवमा आनन्द श्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्