भौतिक पूर्वाधारहरुको काम तिव्र गतिमा भएको छ: अध्यक्ष कार्की

भौतिक पूर्वाधारहरुको काम तिव्र गतिमा भएको छ: अध्यक्ष कार्की

कविता पोखरेल
माघ ११, डोगडाकेदार गाउँपालिका । बैतडी जिल्लाको डोगडाकेदार गाउँपालिकामा भौतिक पूर्वाधारको कामले तिव्रता पाएको छ ।

सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि लगायत आधारभुत क्षेत्रमा विकास निर्माण कार्य तिव्र गतिमा भइरहेको अध्यक्ष चक्र बहादुर कार्कीले भन्नुभयो । पालिका भवन र स्वास्थ्य भवन निर्माण सम्पन्न भएको छ भने कृषि क्षेत्रमा किसानहरुलाई पशुपालन र तरकारीको खेती गर्नलाई विउ जिनन प्रदान गरेको अध्यक्ष कार्कीले बताउनु भयो । उहाँको भनाई अनुसार, पालिकाको सबै वडाहरुमा खोनेपानी पु¥याउनको लागि काम भइरहेको र सो योजनाले टोलटोलमा एक घर एक धारा पुग्ने छ ।

उक्त खानेपानी निर्माणको लागि ७ करोड लगानी लागेको उहाँको भनाई छ । यस पालिका पर्यटकीय क्षेत्रको हिसाबले निकै महत्वपूर्ण स्थान रहेकोले आवश्यक निर्माण कार्य भइरहेको अध्यक्ष कार्कीले जनाउनु भयो । विगतको तुलनामा यस पालिकाले विकास निर्माणको कामममा उल्लेखनीय प्रगती गरेको छ । समग्रमा स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलाई समेट्दैं पालिका समृद्धिको बाटोमा अघि बढीरहेको अध्यक्ष कार्कीले बताउनु भयो ।

यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रमद्धारा आफना नागरिकहरुलाई सतर्कता गराएको अध्यक्ष कार्कीले जनाउनु भयो । पालिकामा ५ बेडको कोेरोना अस्पताल निर्माण गरेको छौं अध्यक्ष कार्कीले जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्