सडक संजाललाई बिस्तार गर्दै, काभ्रेको महाभारत गाउँपालिका

सडक संजाललाई बिस्तार गर्दै, काभ्रेको महाभारत गाउँपालिका

रचना तिमल्सिना ।

काभ्रेको महाभारत गाउँपालिकाले सम्पुर्ण वडालाई गाउँपालिकाको केन्द्र सम्म जोड्ने सडक संजाललाई बिस्तार गर्ने भएको छ ।

सम्पुर्ण नागरिकलाई गाउँपालिकोको केन्द्रसम्म आउन सहज होस भन्ने उद्धेस्यले गाउँपालिकाले सडक नपुगेको ठाउँमा सडक बिस्तारको कार्य अघि बढाएको अध्यक्ष कान्छालाल जिम्वाले बताउुनुभयो । गाउँपालिकाले अन्य विकासका पुर्वाधारहरुको निर्माणमा पनि उच्च प्राथमिकता दिएर काम गरिहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानि, सिंचाई लगायतको क्षेत्रमा उल्लेखनिय प्रगति गरेको गाउँपालिका अध्यक्ष जिम्वाको दाबी छ । शिक्षाको गुणस्तर वृद्धिको लागी गाउँपालिकको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनहरुको निर्माण भएका छन । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको गाउँपालिले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । गाउँपालिकाले कृषि क्षेत्रलाई पनि मुख्य प्राथमिकता राखेर काम गरिहेको छ । कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई गाउँपालिकास्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्ने योजना रहेको गाउँपालिकाको योजना छ । कृषीको लागि विउविजन र सिंचाइको ब्यवस्था तथा पशुपालनकोलागी अनुदान दिई युवाहरुलाई कृषि तथा पशुपालन तर्फ आकर्षित गरिएको छ । सम्पुर्ण गाउँपालिकावासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा स्वास्थ्य चौकीको निर्माण गरिएको छ । यस्तै बर्थिङ सेन्टरको स्थापना, स्वास्थ्य बिमा, घुम्ति स्वास्थ्य सिविर लगायतको कार्यहरु गाउँपालिकोल आयोजना गर्ने गरेको छ ।

कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाकाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्