स्थानीय सरकार गठन भएको छोटो समयमा मुलुकका केहि स्थानीय तहहरु विकासको मार्गतर्फ तिब्रगतिमा अगाडि बढिरहेका छन् । यिनै मध्येको एउटा उदाहरण, बागलुङको काठेखोला गाउँपालिका पनि हो । समृद्ध काठेखोला गाउँपालिकाबनाउने लक्ष्यसहित अगाडि बढिरहनु भएका गाउँपालिका अध्यक्ष अमर बहादुर थापाको योजना र त्यसको कार्यान्वयको रणनिति पनि त्यतिकै अनुकरणिय नै छ । आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनताहरुकै भएको अध्यष थापा बताउनुहुन्छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि काठेखोला गाउँपालिका पनि निकै सक्रियतापूर्ण लागि परेको उहााले बताउनुभयो । प्रस्तुत छ, अध्यक्ष थापासँग गरिएको कुराकानिको सम्पादित अंश ।
१) कोरोना भाइरसको असर कम गर्न, तपाईले र तपाई नेतृत्वको स्थानीय सरकारले के–कस्तो प्रयास गर्नुभयो ?
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रवेश नै नहुन दिनका लागि निकै प्रयास र उच्च सतरकता अपनाउदा अपनाउदै पनि यसको प्रत्यक्ष प्रभाव र असरबाट हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । सुरुवाती कालमा हामीले ब्यापक प्रचार प्रसार र सचेतना जागृत गर्ने कार्यमा निकै जोड दियौ । जनताहरुलाई घरमै बस्न आग्रह गर्यौ । दिनभरी काम नगरी खान नपुग्ने मजदुर बर्गहरुलाई खाद्यान्न उपलब्ध गरायौ । भारत लगायतका अन्य देशहरुबाट आउने नागरिकहरुका लागि २१ वटा क्वारेन्टाइनको ब्यवस्था गरि उनिहरुलाई क्वारेन्टाइनमा राखेर नियमित निगरानी गर्दै पिसिआर परिक्षणको ब्यवस्था मिलाएका छौ भने हाल गाउँपालिकाको आफ्नै क्वारेन्टाइनमा राखेका छौ । कोरोना संक्रमित ब्यक्तिहरुलाई हामीले आफ्नै खर्चमा बागलुङ बजार स्थित आइसुलेशनमा राख्ने ब्यवस्था मिलाएका छौ । कोरोना संक्रमित ब्यक्तिहरुलाई आइसुलेशनमा पुराउनका लागि गाउँपालिकाकाले एम्बुलेन्सको ब्यवस्था गरि सहजता प्रदान गरिएको छ । साथै बिदेशबाट आउने हाम्रा नागरिकहरुको बढि चाप भएको बेला हामीले बागलुङ बजार देखि प्रत्येक वडाका क्वारेन्टाइन सम्म लैजानका लागि थप गाडीको समेत ब्यवस्था गरि सहजता प्रदान गरिएको थियो । भने कोरोना भाइरस (ऋइख्क्ष्म्(ज्ञढ)का कारणले प्रभावित भएका ब्यक्तिहरुलाई राहत, औषधी उपचार एवम उपकरण ब्यवस्थापन गर्ने उद्देश्यले कोरोना भाइरस रोकथाम तथा ब्यवस्थापन कोष समेत स्थापना गरि खर्च ब्यवस्था गरेका छौ । स्वास्थ्यकर्मीहरुको मनोबल बृद्धि गराउन स्वास्थयकर्मी लगायत सुरक्षाकर्मीहरुलाइ प्रोत्साहन भत्ताको समेत ब्यवस्था गरेका छौ भने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र जनप्रतिनिधीहरुलाई कोरोना बिमा समेतको ब्यवस्था मिलाएका छौ । यति धेरै सजकता अपनाउदा अपनाउदै पनि हाल सम्म हाम्रो गाउँपालिकामा ४४ जना ब्यक्तिहरु यो रोगबाट संक्रमित भइसकेकाछन । बिशेष गरि भारत लगायतका अन्य देशहरुबाट आएका ब्यक्तिहरुमा बढि संक्रमण देखियो । हाम्रै गाउँपालिकाको २ जना कर्मचारी, १ जना सुरक्षाकर्मी गरि ७ जना समुदाय स्तरका ब्यक्तिहरुमा यसको संक्रमण देखिनुले समुदाय स्तरमा समेत यसले प्रवेश गरिसकेको छ । जसको कारण हामीले पटक पटक गाउँपालिका र गाउँपालिकाको कार्यालय सिल्ड नै गर्नुपर्यो । हाल सम्म क्वारेन्टाइनमा ४०७ जना रहेका र उनिहरुले पालिकाबाट सेवा प्राप्त गरेका छन । गाउ‘पालिकाको क्वारेन्टाईनमा तथा होम क्वारेन्टाइन, कन्ट्याक ट्रेसिङ र अन्य समेत गरि ६५१ जनाको पि.सि.आर.गरिएको छ भने आर.डि.टी. ७९ जनाको परिक्षण गरिएको थियो । यी मध्य यस पालिकामा ८० जना पोजिटिभ भएकोमा सवै ८० जना निको भै घर फर्केका छन ।
२) तपाई स्थानीय सरकारको नेतृत्वमा आएपछि विकास निर्माणका के के कामहरु भईरहेका छन् ?
जनताको असिमित चाहाना र आकांक्षाहरुको बिचमा जव हामी स्थानीय सरकारको नेतृत्वमा पुग्यौ त्यतिवेला देखि नै हामीले विकास र सेवा प्रवाहलाई प्राथमिकताको पहिलो सुचीमा राखेर हरेक जनप्रतिनिधिको महत्वपुर्ण कर्तब्य थानेर विकास र जनताको सेवा प्रवाहलाई एक साथ अगाडि बढाउदै आएका छौ । हाम्रो सुरुवातीकाल देखि नै हामीले हाम्रो गाउँपालिकाको हरेक योजनाहरुलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेका छौ । जनताको सेवा प्रवाह, सुशासन र हाम्रा सबै योजनाहरु उत्तिकै महत्वपुर्ण योजनाहरु हुन । ति मध्य गाउँपालिकाको गौरब र पहिचानका योजनाहरु अझ बढि महत्वपुर्ण र जनताको प्रत्यक्ष फाइदा, उत्पादन र आर्थिक आमदानी संग जोडिएका योजनाहरु हुन । गाउँपालिकाको पहिचानको कार्यक्रम अन्तरगत एक वडा, एक पहिचानको कार्यक्रमलाई निरन्तरता दिईरहेका छौ । कतिपय योजनाहरुले मुर्तरुप समेत लिइरहेका छन भने कतिपय योजनाहरु अहिले पनि सञ्चानमा छन र प्रतिफलको दिशामा उन्मुख छन । काठेखोला गाउँपालिका वडा नं.६ बिहुँ लाई सुन्तला पकेट क्षेत्रको रुपमा घोषणा गरि सुन्तला खेतिलाई थप ब्यवस्थित गरिएको छ । वडा नं.३ धम्जालाई आलु पकेट क्षेत्रका रुपमा विकास गरि काम अगाडि बढाएका छौ । वडा नं.७ रेशलाई खेलकुद क्षेत्रको गन्तब्यको रुपमा विकास गर्न ब्यवस्थित खेलमैदान निर्माण गरिएको छ । वडा नं.४ तंग्राम जहाँ जनजाति समुदायहरुको अधिकतम बसोबास रहेको छ त्यहाँ जनजाति संग्रालयको निर्माण कार्य भइरहेको छ । वडा नं.५ बिहु, वडा नं.२ भिमापोखरामा पर्यटन पर्यटन प्रर्वधनका लागि धार्मीक स्थल, पदमार्ग लगायतका पर्यटन प्रर्वद्धनका कामहरु भइरहेकाछन । वडा नं.१ पाला र भिमापोखराको सिमानामा अक्षेत्ते बजार जो हाम्रो गाउँपालिकाको मिनी बजार समेत हो त्यहाँ हातबजार ब्यवस्थापनको लागि भवन निर्माण गरिसकेका छौ भने वडा नं.८ लेखानीमा हाते कागजको ब्यवस्थापन संगै बौद्ध स्तुपा निर्माणको कार्य भइरहेको छ । हामीले जनता संग भनेका थियौ कि हाम्रो गाउँपालिका भित्र बाह्रै महिना सहज हुने गरि यातायातको सुविधा पुराउछौ भनेर सोही अनुरुप बिहु, भिमापोखरा जोड्ने लामाबगरघाट र बिहुँ, रेश जोड्ने मोटरेवल पुल यही बर्ष सञ्चालनमा आउने गरि काम अगाडि बढिरहेको छ । भने डुडियाघाटमा समेत मोटरेवल पुलको निर्माण प्रक्रिया अगाडि बढाइसकेका छौ । त्यस्तै सिलेखेतमा निर्माण गरिने मोटरेवल पुलको प्रक्रिया पनि अगाडि बढिसकेको छ । गाउँपालिकाको कार्यालय देखि प्रत्येक वडाको वडा कार्यालय सम्मको सडक कालोपत्रे गर्ने योजना अनुसार भरखरै सबै वडाको डिपिआर गर्ने काम सम्पन्न गरिसकेका छौ भने वडा नं.७ रेश र वडा नं.८ लेखानीको वडा कार्यालय सम्म जोड्ने सडकको कालोपत्रे गर्ने काम गतबर्ष देखि नै सुरुवात गरिसकेका छौ र वाँकी वडा कार्यालय सम्म पुग्ने सडक कालोपत्रे गर्ने प्रक्रिया दुर्त गतिमा अगाडि बढाइसकेका छौ । त्यसैगरि लेखानी र कादेशलाई जोड्ने गरि आकासे पुलको काम पनि अब छिट्टै सञ्चालनमा आउने गरि निर्माण कार्य भइरहेको छ ।
अधिकांश स्वास्थ्य चौकीहरुको सुविधा सम्पन्न भवन निर्माण गर्दै गाउँपालिका भित्रका सबै स्वास्थ्य चौकीहरुमा सुरक्षित सुत्केरी गृह (बर्थीङ सेन्टर) सञ्चालनमा ल्याएका छौ । सुत्केरी आमा र शिशुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आमा सुरक्षा कार्यक्रम पनि नियमित रुपमा सञ्चालन गरिरहेका छौ । गाउँपालिका भित्रका खेलकुद, कला संस्कृति तथा अन्य प्रतिभाहरुलाई उजागर गर्ने अभिप्रायले ऐतिहासिक रुपमा प्रथम अध्यक्षकप भलिबल एवम सांगीतिक प्रतियोगिता समेत सञ्चालन गर्दै आएका छौ ।
३) काठेखोला पालिकालाई विकसित र समृद्धि बनाउन तपाईका आगामी योजनाहरु के–के हुन् ?
प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधताले आफैमा एउटा छुट्टै प्राकृतिक पहिचान बोकेको काठेखोला गाउँपालिका लाई आगमी दिनमा भौतिक विकास तथा सामाजिक विकासले पनि साँच्चिकै पहिचानयुक्त गाउँपालिका बनाउने खालका कार्यक्रमहरुमा जोड दिईनेछ । हाम्रा जनतालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउदै परम्परागत कृषि प्रणालीमा सुधार ल्याई आधुनिक कृषि प्रणाली तर्फ उन्मुख भई उत्पादनमा बृद्धि हुने खालका कार्यक्रमहरु ल्याइने छ । समग्र काठेखोला गाउंपालिकाको शैक्षिक अवस्थामा सुधार ल्याइ भौतिक सुविधा सम्पन्न शैक्षिक संस्थाहरु निर्माण तथा ब्यवस्थापनमा जोड दिईनेछ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकिय स्थलहरुको संरक्षण, सम्बद्र्धन र विकास जोड दिइने छ । सुन्दर र मनमोहक बस्तीहरुमा होमस्टेहरु सञ्चालन गरि पर्यटकहरुको घुइचो लाग्ने गरि पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु ल्याइनेछ । साना तथा घरेलु उद्योग सञ्चालनमा आई स्थानिय आवश्यकताको आंशिक रुपमा पुर्ति हुनेगरि कार्यक्रम ल्याईनेछ । खानेपानी, स्वास्थ्य सरसफाईको अवस्थामा सुधार ल्याउन, जनताको स्वस्थ र निरोगी जीवन यापनमा सहयोग पुग्ने गरि एक घर एक धारा कार्यक्रम ल्याएको छ । बिकट ग्रामिण बस्तीलाई सडक सञ्जालले जोडदै सुगमतामा परिणत हुने खालका योजनाहरु हुनेछन । बिद्युत तथा उर्जाको सहज उपलब्धता भै सेवाग्राहीले सुविधा प्राप्त गरेका हुनेछन । युगौ देखिको असमानता र सामाजिक विभेदको अन्त्य गर्न सामाजिक न्याय सहितको सामाजिक रुपान्तरण सहितको समाज निर्माणमा जोड दिईनेछ । आधुनिक सुचना प्रविधिबाट बिश्वब्यापी रुपमा भईरहेका घटना र क्रियाकलापहरु सेकेन्ड सेकेन्ड र मिनेट मिनेटमा अपडेट भईरहेको बर्तमान परिवेशमा यो सुविधाबाट बिमुख काठेखोला गाउंपालिकाको सबै वार्डहरुमा पनि यस्ता खालका सुविधा प्राप्त गर्न सुचना प्रविधिको नविनतमा कार्यक्रमहरु सञ्चालनमा ल्याइएको छ ।
कोभिड १९ कोरोना भाइरसका कारण रोजगार गुमाएर स्वदेश फर्केका वेरोजगार युवाहरुलाई रोजगारिमा जोडनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम, गाउँपालिका भित्रका सडक सम्रचना निर्माण, पर्यटन प्रर्वद्धनका लागि पदमार्ग निर्माण जस्ता कार्यक्रम सञ्चालन गरि रोजगारी सृजना गरिनेछ । अधिकांश योजनाहरुमा मेशिनको प्रयोगलाई कम प्राथमिकता दिई मानव श्रमलाई बढि भन्दा बढि प्रयोगमा ल्याइने छ । गाउँपालिका भित्रका ब्यक्तिको नाममा दर्ता कायम भएका खेति योग्य बाँझो जमिनको लगत संकलन गरि त्यस्ता जग्गामा खेति गर्न इच्छुक बैदेशिक रोजगारबाट आएका बेरोजगार युवाहरुलाई व्यवस्थापन गरि प्रोत्साहन अनुदान तथा विउ विजन र मलमा अनुदानको व्यवस्था गरि प्रविधी र तालीम मार्फत कृषिलाई व्यवसाहिकरण तर्फ उन्मुख गराई वजारको व्यवस्थापनमा सहकारी वा कृषक समुह मार्फत सहजिकरण गरिनेछ । कृषि, पशुपालन र अन्य आयआर्जनका कार्यक्रम संचालनमा जोड दिई उत्पादित वस्तुको बिक्रीमा अनुदानको व्यवस्था गरि उत्साहित गरिने छ । यहाँलाई यो कुरा पनि अवगत गराऔ कि हामीले हाम्रो गाउँपालिकालाई यहि बर्षको चैत्र मसान्त सम्म डिजिटाईज गाउँपालिका घोषणा गर्ने गरि कार्यक्रम सञ्चालन गरिसकेका छौ । भने कला, साहित्य, संस्कृति र खेलकुद क्षेत्रका नविनतम प्रतिभाहरुमा थप निख्खारता ल्याउन अझै कला, साहित्य, संस्कृति र खेलकुदका नयाँ नयाँ कार्यक्रमहरु सञ्चालनमा ल्याइने छ । समग्रमा हाम्रो योजना शिक्षित, सक्षम, समुन्नत, विकासउन्मुख, सभ्य र रुपान्तरित समाज सहितको पहिचान बोकेको सुन्दर गाउँपालिका निर्माणका खातिर नै हुनेछन ।
४) अन्तमा, छुटेका केहि विषय तथा आम नागरिकमा तपाईको केहि भनाई तथा सन्देश भए राखिदिनु न ?
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९ ) को संक्रमणबाट मानव सभ्यता र मानव जातीमाथि नै अकल्पनिय संकट आइपरेको छ । यो माहामारीका विरुद्ध हाम्रो गाँउपालिका आफनो सम्पुर्ण क्षमता, स्रोत र साधनका साथ जुटिरहेको छ । कोभिड १९ को संक्रमण प्रारम्भ भए लगतै नेपाल सरकारले अवलम्वन गरेको रणनिति, कार्यशैली एव हामी सवैको एकता, धैर्यता र सहयोगले यो संक्रमणबाट वचाउन प्रयासरत छौ । आगामी दिनमा थप फैलिन नदिन अझ बढि सतर्कता र एकता आवश्यक भएकोले स्वास्थ्यकर्मि, सरक्षाकर्मि, कर्मचारी, जनप्रतिनीधि, राजनैतिक दल, संचारजगत साथै आमनागरिक दृढताका साथ लाग्न म सवैमा आह्वान गर्दछु । साथै कोभिड १९ को संक्रमणबाट आफु र आफ्नो समाजलाई बचाउदै समृद्ध काठेखोला निर्माणको अभियानमा समाहित भई हाम्रा विकास निर्माणका कार्यमा लाग्न आम काठेखोलाबासी जनताहरुलाई आव्हान गर्दछु ।
प्रतिक्रिया दिनुहोस्