राजगढ गाउँपालिकामा भौतिक पुर्वाधारको काम प्रसंसानीय रुपमा हुदैं

राजगढ गाउँपालिकामा भौतिक पुर्वाधारको काम प्रसंसानीय रुपमा हुदैं

रचना तिमल्सिना
माघ ९, राजगढ गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनले सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा भौर्तिक पूर्वाधारहरुको काम प्रसंसानीय रुपमा भएको छ ।

पालिकाले भएका सडकलाई फराकिलो र सुधार गर्नुका साथै सडक नपुगेको ठाउँमा निर्माण गर्ने कार्य भइरहेको अध्यक्ष परमानन्द यादवले भन्नुभयो । १८ वटा वडा कार्यलयमध्ये ६ वटा कार्यलयमा स्वास्थ्य भवन निर्माण कार्य सम्पन्न गरेको अवस्था छ भने बाँकी १ वटा निर्माण कार्य जारी रहेको उहाँले जनाउनु भयो । पालिका भवन निर्माणको लागि टेन्डरको काम सम्पन्न भइसकेको अध्यक्ष यादवले बताउनु भयो ।

टोलटोलमा खानेपानी व्यवस्थापनको लागि यस पालिकाले प्रदेशबाट आएको रु. २५ लाख रुपैया बजेट व्यवस्थापन गरेको छ । सो योजनाले पालिकाको सबै वटामा खानेपानी पुग्ने अध्यक्ष यादवको भनाई छ । यस्तै, पालिकाले स्थानीय जनशक्तिहरुलाई विभिन्न सिपमुलक तालिम प्रदान गर्ने र उनीहरुलाई पशुपालन र माछा पालनमा रोजगारीको व्यवस्था गर्दै आएको अध्यक्ष यादवले भन्नुभयो ।

अध्यक्ष यादवको भनाई अनुसार, पालिकामा विकास निर्माणको काम उल्लेखनीय रुपमा भएको छ । स्थानीय सरकारको व्यवस्थापन र आफु आध्यक्षमा निर्वाचित भए पश्चात यहाँको जनताहरुमा सकारात्मक भावनकाको विकास भएको अध्यक्ष यादवले बताउनु भयो । विगतको तुलनामा भन्दा विकास निर्माणको कार्यले पालिकामा परिवर्तन आएको देखिन्छ । समग्रमा यस पालिकाले सम्पूर्ण क्षेत्रलाई समेट्दैं समृद्धिको उचाईमा अघि बढीरहेको अध्यक्ष यावदले भन्नुभयो ।

साथै, विश्वव्यापी रुपमा फैलिएको कोराना संक्रमण न्यूनीकरणको लागि टोलटोलमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु मिलेर कोरोना सम्बन्धि जनताहरुलाई सचेतना गराएको अध्यक्ष यादवले बताउनु भयो । कोरोनाबाट प्रभावित भएका नागरिकहरुको लागि पालिस्तरीय ४ ठाउँमा क्वारेन्टाइन र ५ बेडको होम आइसोलेशनको व्यवस्था गरेको थियौं अध्यक्ष यादवले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्