भक्तपुरका वडामा अब रनिङ मेसिन सहितका दुइटा निःशुल्क जिमखाना प्रकाशित मिति : Tuesday, November 19, 2019 nayapulonline काठमाडाैँ । बिहान होस् वा साँझ, भक्तपुर डुल्दै हुनुहुन्छ भने तपाईं सांस्कृतिक सम्पदा अवलोकन गर्दै व्यायाम पनि गर्न सक्नुहुन्छ। हिँड्दा हातखुट्टा तन्काउन, ढाड–घुँडा सोझ्याउन, कम्मर–पेटमा लागेको बोसो घटाउने प्रयास गर्न सक्नुहुन्छ। स्थानीय हुनुहुन्छ भने त गज्जबै भइहाल्यो। कुनै भर्याङजस्ता, कुनै पिङ त कुनै गाडीका स्टेयरिङजस्ता आधुनिक व्यायामका उपकरण भक्तपुरका प्रत्येक वडामा राखिएका छन्। साना केटाकेटीदेखि बुढापाकासम्म यी उपकरणमा झुण्डिरहेका देखिन्छन्। केटाकेटीलाई त व्यायाम पनि, खेल पनि। घरभित्र बनेका जिमखाना वा योग कक्षाहरूमा झैं यहाँ पैसा भने तिर्नुपर्दैन। रनिङ मेसिनु सहितका यी जिमखाना नगरपालिकाले निःशुल्क उपलब्ध गराएको छ। मेयर सुनील प्रजापतिका अनुसार भक्तपुरका सबै वडामा नगरपालिकाले जिमखाना राखिसकेको छ। करिब ८ महिनाअघि मेयर प्रजापतिलाई भेट्दा नगरपालिकाका दसमध्ये पाँच वडामा मात्रै जिमखाना थियो। कमलपोखरी (वडा नम्बर १०), महाकालीस्थान (६), महेश्वरी (८), सिद्धपोखरी नजिकै (१) र च्याम्हासिंह (९) मा मात्रै निर्माण सकिएको थियो। बाँकी वडा २, ३, ४, ५ र ८ मा बनाउने तयारी भइरहेको प्रजापतिले जानकारी दिएका थिए। त्योसँगै ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेजमा पनि जिमखाना बनाउन लागिएको थियो। ती सबै ठाउँमा अहिले बनिसकेको छ। जिमखानाबाट आएको सकारात्मक नतिजा र प्रतिक्रियाबाट हौसिएका प्रजापति आवश्यक वडामा थप एउटा जिमखाना बनाउने दोस्रो चरणको काम गर्न लागेका रहेछन्। वडामा एउटै मात्र हुँदा धेरै भिड लाग्यो, सबैले व्यायाम गर्न पाऊन् भनेर दुई ठाउँमा बनाउन लागेको, प्रजापतिले भने, सिद्धपोखरी नजिकै हामीले फेरि बनाइसक्यौं । अरू ठाउँमा पनि आवश्यकता अनुसार बनाउँदैछौं। सबै वडामा पहिले नभएको रनिङ मेसिन पनि राखिएको उनले जानकारी दिए। नगरपालिकामा जिमखाना हुनुअघि कतिपय स्थानीय जनस्वास्थ सेवा केन्द्रु मा फिजियोथेरापी गर्न पुग्दा रहेछन्। त्यो सबैको पहुँचमा भने थिएन। मेयर प्रजापतिलाई त्यो देखेपछि ठाउँ–ठाउँमा जिमखाना खोल्ने योजना फुरेको बताउँछन्। मेयर प्रजापतिले केही समयअघि अमेरिका पुग्दा विभिन्न ठाउँमा शारिरीक व्यायामका उपकरण राखिएको देखेका रहेछन्। त्यस्तै आधुनिक उपकरण आफ्नो ठाउँमा पनि राख्न पाए भन्ने उनलाई लागेछ। सस्तो, सुलभ र भरपर्दो सामग्री कहाँ पाइन्छरु थाहा थिएन। करिब डेढ वर्षअघि प्रजापतिका चिनजानका खेलाडीले कटुन्जेमा एक व्यक्तिसँग त्यस्तै उपकरण भएको जानकारी दिए। हामी ढिलो नगरी त्यहाँ पुग्यौं। राम्रो काममा किन बेर लाउनु, प्रजापतिले भने, ती मान्छेसँग व्यायाम गर्ने उपकरण सेट नै रहेछ। हामीले हेर्यौं र खेल्यौं। मेयर प्रजापतिसँगै गएका सबैले ती उपकरण मनपराए। अनि त्यहाँबाट फर्किनुअघि उनले ती व्यक्तिलाई सोधेछन्, हामीलाई यस्तै सेट ल्याइदिन सक्नुहुन्छ ? चिनियाँ सामान व्यापार गर्ने ती व्यक्तिले ४५ दिनमै ल्याइदिन सक्ने बताएछन्। ४५ दिन भनेको एक महिनामै उपकरण पायौं,ु प्रजापतिले भने, त्यसपछि सुरूमा वडा नम्बर १ मा राख्यौं। अनि अरू ठाउँमा। सुरुआतमा नगरपालिकाले पाँचवटा मात्रै व्यायाम सेट मगाएको रहेछ। त्यो बेला प्रतिसेट १ लाख ८४ हजार रूपैयाँका दरले किनिएको थियो। हाल उपकरण मूल्य बढेर २ लाख पुगेको छ। जडान गर्दा र रनिङ मेसिन समेत राख्दा एउटै जिमखाना बनाउन करिब ३ देखि ४ लाखसम्म लाग्ने प्रजापतिले बताए। जिमखानाहरूको रेखदेख जिम्मा सम्बन्धित वडाका खेलकुद समितिलाई दिइएको छ।
प्रतिक्रिया दिनुहोस्