बटेश्वर गाउँपालिकाको प्रत्येक वडामा सडक पुग्यो, स्थानीय वासिन्दाहरु हर्षित

बटेश्वर गाउँपालिकाको प्रत्येक वडामा सडक पुग्यो, स्थानीय वासिन्दाहरु हर्षित

कविता पोखरेल
माघ ९, बटेश्वर गाउँपालिका । धनुषाको जिल्लाको बटेश्वर गाउँपालिकाको सबै वडामा सडक पुगेको छ ।

उक्त सडक निर्माण भए पश्चात पालिकाको सम्पूर्ण नागरिकहरुलाई यात्राको लागि सहज भएको अध्यक्ष डम्बर बहादुर राउततको भनाई छ । सडक निर्माण सम्पन्न भए पश्चात दैनिक रुपमा सवारी साधनहरु चल्ने गरेको छ । स्थानीय सरकारको पछि पालिकामा सडक निर्माण भएकोले उता स्थानीय नागरिकहरुमा बेग्लै खुसी छाएको अध्यक्ष राउतले भन्नुभयो ।

उहाँको भनाई अनुसार, आफु निर्वाचित भए पश्चात पालिकामा सडक निर्माणको काम मात्रै होईन् क्षमताले भ्याएसम्म चौतर्फी रुपमा विकास निर्माण तिव्र गतिमा भइरहेको छ । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायत अन्य क्षेत्रमा प्रभावकारी ढंगले विकासको काम भएको अध्यक्ष राउतले बताउनु भयो । पालिकाको प्रशासनिक भवन निर्माणाधिन अवस्थामा रहेको छ ।

शैक्षिक क्षेत्रको सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधिकलाई जोड दिदैं विद्यार्थीहरुलाई कम्प्युटर वितरण गरेको अध्यक्ष राउतले भन्नुभयो । पालिकामा ५ वटा पक्की पुल निर्माणमाधिन अवस्थामा रहेको उहाँले जनाउनु भयो । समग्रमा स्थानीय सरकारको व्यवस्थापन पछि यस पालिकामा चौतफी रुपमा विकास निर्माण भइरहेको देखिन्छ । विगतको तुलनामा भन्दा विकासको कामले गति लिएसँगै पालिका समृद्धिको उचाईमा अघि बढीरहेको अध्यक्ष राउतले बताउनु भयो ।

यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि पालिकाले टोलटोलमा गई कोरोना सम्बन्धि जनचेतनामुलक कार्यक्रम मार्फत आफना जनताहरुलाई सक्दो सचेतना गराएको राउत बताउनु हुन्छ । बाहिरबाट आएकाहरुलाई पालिका स्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको थिर्यौ अध्यक्ष राउतले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्