कविता पोखरेल
माघ ९, सरुमारानी गाउँपालिका । प्यूठान जिल्लाको सरुमारानी गाउँपालिकाको सबै टोलटालमा खानेपानी पुग्ने भएको छ । अहिले पालिकाको करिब १२ सय घर धुरीहरुमा खानेपानी पुगीसकेको अवस्था छ भने बाँकी घर धुरीहरुमा पनि चाँटडै खानेपानी गुग्ने अध्यक्ष झग बहादुर विश्वकर्माको भनाई छ ।
आफु अध्यक्षमा निर्वाचित भए पश्चात पालिकामा चौतर्फी रुपमा विकास निर्माण कार्य भइरहेको उहाँले बताउनु भयो । सडक, पुल, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा विकासको काम भइरहेको विश्वकर्माले जनाउनु भयो । भएका सडकलाई आवश्यक सुधार गर्ने र सडक नपुगेको ठाउँमा निर्माण गर्नुका साथै पीच गर्ने काम भएको उहाँले भन्नुभयो । स्थानीय वासिन्दाहरुलाई विभिन्न सिपमुलक तालिम दिदैं रोजगारको व्यवस्था गरेको छ । बाख्रा पालन, सिलाई कटाई तरकारी खेती जस्ता अन्य क्षेत्रमा नागरिकहरुलाई रोजगारीको प्रवन्द्ध गरेको अध्यक्ष विश्वकर्माले बताउनु भयो ।
पालिकामा १० वटा बाल विकास केन्द्र समेत खोलि सकेको छ । जनताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकाले २ वटा स्वास्थ्य भवन निर्माण कार्य सम्पन्न गरेको अध्यक्ष विश्वकर्माले भन्नुभयो । उहाँको भनाई अनुसार, पालिकाको भवन पनि बनिसकेको छ । पालिको सबै विद्याालयमा गुणस्तरीय र प्राविधिक शिक्षालाई विशेष प्राथामिकता दिदैं आइरहेको उहाँले जनाउनु भयो । विगतको तुलनामा पालिकामा उल्लेखनी विकासको काम भएको छ । पालिकाको स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलाई समेट्दै समृद्धिको बाटोमा निरन्तर अघि बढीरहेको अध्यक्ष विश्वकर्मा बताउनु हुन्छ ।
यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि पालिमाले टोलटोलमा स्वास्थ्यकर्मीहरु परिचालन गरी जनचेतनामुलक कार्यक्रमद्धारा नागरिकहरु समक्ष सचेतना गराएको पालिका अध्यक्ष विश्वकर्माले भन्नुभयो । कोरोनाबाट प्रभावित भएका र विपन्न घर धुरीहरुलाई राहत वितरण कार्य समेत गरेको थियौं विश्वकर्माले बताउनु भयो । बाहिरबाट आएका नागरिकहरुलाई क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको अध्यक्ष विश्वकर्माले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्