माडी गाउँपालिकामा सडक निर्माण कार्य अन्तिम चरणमा

माडी गाउँपालिकामा सडक निर्माण कार्य अन्तिम चरणमा

रचना तिमल्सिना
माघ ४, माडी गाउँपालिका । रोल्पा जिल्लाको माडी गाउँपालिकामा सडक निर्माणको कार्य अन्तिम चरणमा पुगेको पालिका अध्यक्ष नन्द बहादुर पुनको भनाई छ ।

पालिकादेखि वडा कार्यलयसम्म जोड्ने सडक निर्माण कार्य सम्पन्न भए पश्चात आम नागरिकहरुलाई आवत जावत गर्नको लागि सहज मिल्ने अध्यक्षले भन्नुभयो । स्थानीय सरकारको व्यवस्थापन पछि पालिकामा चौतर्फी रुपमा विकास निर्माण कार्य भएको उहाँले बताउनु भयो । स्वास्थ्य, खानेपानी, कृषि, शिक्षा लगायत अन्य क्षेत्रमा प्रभावकारी ढंगले काम भइरहेको पुनले जनाउनु भयो । यस गाउँपालिकाले शैक्षिक क्षेत्रमा पनि निकै सुधार गर्दै आएको छ ।

सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षामा विशेष जोड दिदैं आएको छ । खानेपानीको लागि पालिकाले एक घर एक धाराको अभियान सञ्चालन गर्दै आएको छ । उक्त अभियानले टोलटालमा खानेपानी पुग्ने उहाँले भन्नुभयो । स्थानीय वासिन्दाहरुलाई पालिका स्तरमै रोजगारी प्रदान गर्ने हेतुले कृषकहरुको लागि पशुपालन र तरकारी खेतीमा विशेष जोड दिएको अवस्था छ ।

यस्तै, पालिकामा कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न सन्देशमुलक कार्यक्रम मार्फत आफनो नागरिकहरुलाई सचेतना गराएको पुनले बताउनु भयो । कोरोनाबाट प्रभावित भएका नागरिकहरुको लागि पालिका स्तरीय सुविधा सम्पन्न क्वारेन्टाइमा राख्ने व्यवसथा गरेको अध्यक्ष पुनले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्