विकास र समृद्धिको मार्गतर्फ बढीरहेको छ बरेङ गाउँपालिका

विकास र समृद्धिको मार्गतर्फ बढीरहेको छ बरेङ गाउँपालिका

कविता पोखरेल /ररतन वि.क
बरेङ गाउँपालिका ।
बागलुङ जिल्लाको बरेङ गाउँपालिकामा स्वास्थ्य, शिक्ष, कृषि, पशुपालन, खानेपानी र पर्यटन प्रबद्र्धनको विकासका काम भइरहेका, साथै नोवेल कोरोना भाईरस सम्बन्धी विभिन्न जनचेतनामुलका कार्यक्रमहरु अदान प्रदान गाउँपालिकाले गरेको अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।
शर्माले भन्नु भयो, बरेङ गाउँपालिकाम भौतिक पूर्वाधारका कामहरु तिव्र गतिमा भइरहेका छन् जस मध्ये स्वास्थ्य, शिक्षा, खानेपानी र प्राविधिक शिक्षा आजको आवश्यकतामा जोड दिइ अगाडि बढ्ने योजना रहेको शर्माले बताउनु भयो । प्रत्येक वडामा सिपमुलक तालिम प्रदान गर्ने र राम्रो कला भएका विद्यार्थीलाई निःशुल्क तालिमको व्यवस्था गर्नेे योजना रहेको छ ।
साथै, कोरोना भाईरसबाट प्रभावित भएका व्यक्तिहरुको लागि गाउँपालिकाले राहात वितरण गरेको थियो । बाहिरीबाट आएकाहरुलाई स्तरीय क्वारेन्टाइन र आइसोलेशनमा राख्ने व्यवस्था गरेको , माक्स, साबुन, सेनिटाइजको वितरण गाउँपालिकाले गरिरहेको, साथै दैनिक रुपमा पि.सि.आर. टेस्ट पनि गरिरहेको छ । कोरोना रोकथाम नियन्त्र समिती समेतको व्यवस्था बनाएको शर्माले बताउनु भयो ।
स्थानीय तहको निर्वाचन भए पश्चात बरेङ गाउँपालिकामा भौतिक पूर्वाधारहरुको कार्यहरु भइरहेको हुँदा स्थानीयवासीहरुलाई दैनिकी कार्यहरुमा सहज र सरल हुने अनुभव गरेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्