कविता पोखरेल/ररतन वि.क
ढोरपाटन नगरपालिका ।
बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकामा स्वास्थ्य, शिक्ष, कृषि, खानेपानी र पर्यटन प्रबद्र्धनको विकासलाई तिर्व गतिमा लैजान गाउँपालिका लागिपरेको हो । साथै, नोवेल कोरोना भाईरस सम्बन्धी विभिन्न जनचेतनामुलका कार्यक्रमहरु अदान प्रदान गाउँपालिकाले गरेको नगर प्रमुख देव कुमार नेपालीले जानकारी दिनुभयो ।
स्वास्थ्य, शिक्षा, खानेपानी पर्यटन प्रबद्र्धन, सडक र कृषि क्षेत्रलाई विकास गरि स्थानीय स्तरमै रोजगारीको व्यवस्थामा जोड दिइरहेका छौ । आर्थिक स्रोत साधन काम रहेको छ, आम्दानी बढाउने, चेतना र शिक्षाको स्तर उन्नती गर्न सकियो भने सिकसित र समृद्धि नगरपालिकालाई बनाउन सकिन्छ भन्ने धारणा नगर प्रमुख नेपालीले राख्नु भयो हो ।
साथै, कोरोना भाईरसबाट प्रभावित भएका व्यक्तिहरुको लागि गाउँपालिकाले राहात वितरण गरेको थियो । बाहिरीबाट आएकाहरुलाई स्तरीय क्वारेन्टाइन र आइसोलेशनमा राख्ने व्यवस्था गरेको , माक्स, साबुन, सेनिटाइजको वितरण नगरपालिकाले गरिरहेको, साथै दैनिक रुपमा पि.सि.आर. टेस्ट पनि गरिरहेको छ ।
स्थानीय तहको निर्वाचन भए पश्चात ढोरपाटन नगरपालिकामा भौतिक पूर्वाधारहरुको कार्यहरु भइरहेको हुँदा गाउँवासीहरुको मुहारमा खुसीयाली देखिएको होे ।
ढोपाटन नगरपालिकाका स्थानीयवासीहरुको मुहारमा खुसीयालीपना

प्रतिक्रिया दिनुहोस्