भौतिक पूर्वाधारको विकासमा फड्को मारेको : अध्यक्ष सुनुवार

भौतिक पूर्वाधारको विकासमा फड्को मारेको : अध्यक्ष सुनुवार

कविता पोखरेल
मोलुङ गाउँपालिका । ओखलढुङगा जिल्लाको मोलुङ गाउँपालिका वडा न. ७ मा स्थानीय निर्वाचन पछि भौतिक पुर्वाधारहरुको विकास निर्माणका कार्यहरु दु्रत गतिमा भइरहेका अध्यक्ष हेम बहादुर सुनुवारले जानकारी दिनु भयो ।

उहाँका अनुसार आफू निर्वाचनमा चुनियर आए पछि भौतिक पूर्वाधारहरुको विकासमा फड्को मारेको सुनुवारको भनाइ रहेको छ । जस, मध्ये सडक निर्माणको काम ढुस्के, विगुटार, रागादेप, सेप्ली र जेसे हुँदै ताल्कोट जोडने केन्द्रिय स्तरको मोटर बाटो निर्माणको काम भइरहेको छ । जसमा, ३५ किलोमिटर मध्ये १२ किलोमिटर सडक निर्माणको काम भइरहेको छ । उक्त, सडकलाई खिजीदेम्ब गाउँपालिका देखि मोलुङ गाउँपालिका वडा न. ७ सम्म जोडने गरि काम भइरहेको सुनुवारले जानकारी दिनु भयो ।
स्थानीय निर्वाचन पछि मोलुङ गाउँपालिकामा भौतिक पूर्वाधारका कामहरु तिव्र गतिमा भईरहेको हुदाँ स्थानीयहरुलाई दैनिक कार्यहरुमा सहज र सरल भएको स्थानीयवासीहरुको अनुभव भईरहेको बताउनु हुँन्छ ।

प्रतिक्रिया दिनुहोस्