कविता पाेखरेल ।
ओखलढुङगाकाे खिजीदेम्बा गाउँपालिकामा भाैतिकपूर्वाधार तथा पर्यटन क्षेत्रको विकासका लागि होम स्टे सँचालन हुन सकोस् भनेर होम स्टे कुक तालिम गाउँपालिकामानै सन्चालन गरिएकाे छ। यस लागि ३३५० मिटरको उचाईमा रहेको थोलेदेम्वा डाँडामा पर्यटन पूर्वाधार निर्माणका लागि dpr तयार पारी dpr अनुसार क्रमस ( रेलिङ सहितको पदमार्ग निर्माण, प्रवेस द्वार निर्माण , ठाउँठाउँमा प्रतीक्षालय ,शाैचालय निर्माण तथा करिव २१ मिटर अग्लो भ्यू टावर निर्माणाधीन अवस्थामा रहनुका साथै उक्त स्थलका लागि केवलकार सँचालनका लागि संभाव्य अध्ययन गर्ने कार्य थालिनुका साथै अन्य पूर्वाधारका कुराहरु निर्माण गरेर थोलेदेम्वालाई आकर्षक पर्यटकीय स्थल वनाउने तथा यस क्षेत्रमा जातिगत, भाषागत ,साँस्कृतिक र धार्मिक रुपमा खिजीदेम्वा गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको रुपमा विकसित गर्दै लैजाने अध्यक्ष बेद बहादुर राेकाले बताउनु भयाे ।
कृषि,पर्यटन वन तथा जडिबुटिको मास्टर प्लान तयार पारिएको छ। विधुतीय डिजिटल गाउँपालिकाको प्रोफायल लागू गर्न लागिएको। प्राय: जसाे सार्वजनिक सेवा विधुतीय माध्ययमबाट सन्चालन गरी स्मार्ट पालिका निरमाणको चरणमा रहेकाे छ । सडक गाउँपालिका सम्मको मुख्य सडकलाई बहु वर्षीय कार्यक्रमका रुपमा उक्त सडकलाई गाउँपालिकाकै पहलमा समपुरकको वजेटबाट कालो पत्रे सडकका रुपमा स्तरोन्नति गर्नका लागि टेन्डर आव्हान समेत गरिसकिएको छ। जिल्ला सदरमुकामलाई विभिन्न ठाउँबाट सडक सम्बन्ध जोडिएको छ, भने गाउँपालिकामा प्रत्येक वडा र गाउँपालिका वीच कच्ची सडक सन्जाल तयार भएको छ। शिक्षा क्षेत्रको विकासका लागि( विध्यालयलाई आधुनिक प्रविधियुक्त शिक्षा प्रदान गर्ने थलोको रुपमा विकसित गर्ने। क्रममा सामुदायिक विध्यालयहरूलाई शैक्षिक गुणस्तर अभिबृद्धि अनुदान कार्यक्रम लागू गरिएको छ, ८ , १० र १२ कक्षामा सञ्चालित सामुदायिक विध्यालयहरुमा ईन्टरनेट सेवा जडान गरिएको छ, सबै विध्यालयमा शिक्षकहरुका लागि विधुतीय हाजिरि वितरण तथा विवाह पश्चात् पनि छोरी मान्छेलाई शिक्षा प्राप्तिको अवसर गुमाउनु नपरोस भनेर प्रेरणाका लागि कक्षा ११ र १२ मा अध्ययन गर्ने विवाहित छात्रालाई बुहारी छात्रा बृत्ति लगायतका आदि विभिन्न कार्यक्रमहरु सँचालन भईरहेका छन् ।
हरेक वडा कार्यलय तथा सरकारि कार्यलयहरुमा ईन्टरनेट सेवा सन्चालन गर्नुका साथै केन्द्रीय विधुत प्रशारण लाईन जोडनका लागि तार तान्ने कार्य निरन्तर भईरहेको छ। सडक गाउँपालिका सम्मको मुख्य सडकलाई बहु वर्षीय कार्यक्रमका रुपमा उक्त सडकलाई गाउँपालिकाकै पहलमा समपुरकको वजेटबाट कालो पत्रे सडकका रुपमा स्तरोन्नति गर्नका लागि टेन्डर आव्हान समेत गरिसकिएको छ। जिल्ला सदरमुकामलाई विभिन्न ठाउँबाट सडक सम्बन्ध जोडिएको छ, भने गाउँपालिकामा प्रत्येक वडा र गाउँपालिका वीच कच्ची सडक सन्जाल तयार भएको छ। शुन्य वेरुजुको अबधारणा राखी वेरुजुन्युनिकरण तीव्र रुपमा अगाडि वढाईएको छ। सार्वजनिक सवा प्रवाह तथा प्रशासनिक कार्य आर्थिक कारोबारमा आन्तरिक नियन्त्रण प्रणाली लागु गरएको छ । प्राय: जसाे सार्वजनिक सेवा विधुतीय माध्ययमबाट सन्चालन गरी स्मार्ट पालिका निर्माणकाे अन्तिम चरणमा रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्