कविता पोखरेल
माघ १, भोटखोला गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन पछि संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकामा विकास निर्माण कार्य तिव्र रुपमा भएको छ । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायत अन्य विविध क्षेत्रमा विकास निर्माण कार्य भइरहेको अध्यक्ष तेम्बा भाोटेको भनाई छ । पालिकादेखि वडा कार्यलयसम्म जोड्ने सडकको निर्माण कार्य सम्पन्न भए पश्चात नागरिकहरुलाई आवत जावत गर्नमा थप सहजता भएको उहाँले भन्नुभयो ।
पालिकाले कृषि क्षेत्रलाई थप सुधार गर्दै स्थानीय स्तरमा उत्पादन भएको वस्तुहरुलाई बजार व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको अध्यक्ष भोटे बताउनु हुन्छ । उहाँको अनुसार गाउँपालिका भवन निर्माणाधिन अवस्थामा रहेको जानकारी दिनुभयो । नयाँ जनप्रतिनिधिको आगमनसँगै विगतको तुलनामा भन्दा विकास निर्माण उल्लेखनीय मात्रामा भएको देखिन्छ ।
समग्रमा सबै क्षेत्रलाई समेट्दै पालिका समृद्धिको यात्रामा निरन्तर अघि बढीरहेको स्पष्ट देख्न सकिन्छ । यस्तै, विश्व्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि पालिकाले टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरुलाई सतर्कता अपनाएको उहाँले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्