दोलखा जिल्लाको साविकको माली गाविसमा जन्मिएका कृष्ण प्रसाद दाहाल “कृपाश्वर” को १२ औं स्मृतिसभालाई सम्बोधन गर्दै नेकपाका नेता वर्षमान पुन “अनन्त” ले प्रतिनिधिसभा पुर्नस्थापित भएरै छोड्ने दाबी गरेका छन् । संविधानको मुल मर्म विपरित प्रधानमन्त्री ओेलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापित भएरै छाड्छ यसको कुनै विकल्प छैन्, भन्ने भनाई राखेका हुन् ।
नेकपाको केन्द्रीय कार्यालय समेत रहेको कोटेश्वरस्थित, पेरिशडाँडामा भएको को १२ औं स्मृतिसभाको अध्यक्षता वरिष्ठ सञ्चारकर्मि बलराम थापाले गरेका थिए । त्यस्तै, सो सभामा नेकपाका केन्द्रीय सदस्यहरु गंगा कार्की, पशुपति चौलगाई, देवि खड्का र बागमति प्रदेशसभा सदस्यहरु विशाल खड्का, रचना खड्का, हिमाली गोले लगायत नेकपाका नेताहरु शंकर लामा, सरल सहयात्री, गोविन्द बटाला, सुनिता गौतम, सुन्दर कार्की, सोम तामाङ, पर्शुराम रिमाल, बाबुकाजी बस्नेत लगायत कृपाश्वरको परिवारको उपस्थिति रहेको थियो ।
स्वच्छ, कुशल र निडर छवि बनाएका तत्कालिन नेकपा माओवादी, दोलखाका सेक्रेटरी कृष्ण प्रसाद दाहाल “कृपाश्वर” को आज भन्दा १२ वर्ष अघि र उनीका छोरा जनयुद्धमा साहदत भएका थिए यस्तै, गत वर्ष उनकी छोरी तथा कुशल संगठक कमला शर्मा दाहालको पनि दुखद निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्