रामेछाप/ जील्लाको गोकुलगंगा गाउँपालिकाले माटो परिक्षण सम्बन्धी एक दिने शिविर संचालन गर्ने भएको छ । गाँउपालीकाले कृषकवर्गहरुलाई आफ्नो खेतबारीको माटोको नमुना ल्याई परीक्षण गर्नुुहुन एक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।
यही जेष्ठ ३१ गते शुक्रबार गोकुलगंगा गाउँपालिकाको कार्यालय, रस्नालु भिमसेनथानमा बिहान १० बजे बाट शिविर संचालन हुने गाँउपालीकाका अध्यक्ष खड्क सुनुवारले बताए । माटोको प्रांगारिक अवस्था विग्रीएर उत्पाद घट्न थालेको भन्दै माटो परिक्षण शिविर संचालन गर्न लागीएको गाँउपालीकाले जनाएको छ ।
कृषि पेशालाई व्यवसायिक बनाई कृषिमा आत्मनिर्भर बनाउन शिविरले ठुलो सहयोग हुने विश्वास गारीएको छ । कृषि क्षेत्रको व्यवसायिक विकासका लागि सञ्चालन गरिएको शिविरले माटोको सम्भावना पहिचान गरी गाउँपालिकामा कृषि उत्पादनमा वृद्धि आउने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्