‘गलबन्दी’ गीत चोरीको बिषयमा आयो गायक भगवान भण्डारीको कडा अभिब्यक्ती

‘गलबन्दी’ गीत चोरीको बिषयमा आयो गायक भगवान भण्डारीको कडा अभिब्यक्ती

काठमाडौं । गायक प्रकाश सपुतको गीत ‘गलबन्दी’ युट्युबमा सार्वजनिक भएसँगै गीतले अनपेक्षित रूपमा दर्शक स्रोताको साथ पायो । मौलिकपनको दियो भन्दै धेरैले गीतको प्रशंसा गरे । तर, अहिले ‘गल्बन्दी’ लाई चोरिएको गीत भन्दै सामाजिक सञ्जाल तातिएको छ । गायक सपुतको आलोचना गर्ने पनि भेटिएका छन् । गायक शम्भु राईको गीतबाट ‘गलबन्दी’ चोरी भएको सामाजिक सञ्जालमा व्यापक हल्ला फैलिएको छ । गलबन्दीले चौतर्फी प्रशंसा पाइरहँदा धेरैले शम्भु राईको ‘आऊ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीतको अनुकरण (कपी) भनेर आरोप लगाएका छन् । गायक शम्भु राई भने सामाजिक सञ्जालमा हल्ला फैलाउनुभन्दा पनि सल्लाह गरेर अघि बढ्नु उपयुक्त रहेको बताउँछन् ।

यस विषयमा लोक गायक भगवान भण्डारीले पनि सामाजिक सञ्जाल फेसवुकमा लामो स्टाटस लेखेर शमभु राईले अरुलाई दुख दिन्छन भने अाफू पनि पछि नहट्ने बताएका छन । विगत लामो समय देखि अमेरिकामा बस्दै आएका गायक भण्डारीले शम्भु राईको ३३ मिनेटको गीतमा १०,१५ सेकेण्ड को पिस् मात्रै अलि अलि मिले जस्तो सुनिन गएको लेखेका छन । उदाउँदै गरेको नव प्रतिभा लाई । शम्भु राई ले यो हर्कत गरेर दुख दिएको मलाई पटक्कै मन नपरेको भण्डारीको तर्क छ ।

यस्तो छ, गायक भगवान भण्डारीको फेसवुक स्टाटस

”आज प्रकाश सपुत लाई शम्भु राईले छलफलका लागी बोलाएका छन् भन्ने सुनेको छु ।शम्भु राईको ३३ मिनेटको गीतमा १०,१५ सेकेण्ड को पिस् मात्रै अलि अलि मिले जस्तो सुनिन्छ । उदाउँदै गरेको नव प्रतिभा लाई । शम्भु राई ले यो हर्कत गरेर दु:ख दिएको मलाई पटक्कै मन पर्याछैन।
नयाँ चलेको गीत सँग आफ्नो नाम जोडेर हराईसकेको उनको नाम फेरी अगाडी ल्याउने अनि पाईयो भने अली अली पैसा पनि कुम्ल्याईहाल्ने उनको दाउ प्रष्ट बुझ्न कसैलाई गाह्रो छैन। म फेरी दोहोर्याउन चाहन्छु । गीत पुरै सुन्दा आकाश पातालको फरक छ।
र यो कुरा पनि जानकारी गराउन चाहन्छु कि उनले मिल्यो भनेको पिस् मेरो डाली लर्कायो गीतको थेगो सँग ठ्याक्कै मिल्छ। र डाली लर्कायो उनको त्यो देउसी भैलो भन्दा धेरै पैला रेकर्ड गरेर बजारमा ल्याएको थिएँ।
उनले अरूलाई नियत बश दुख दिन्छन् भने हामीले पनि उनलाई दुख दिँदा पाप लाग्दैन होला नी.. जय गीत जय सँगीत।”

 

 

प्रतिक्रिया दिनुहोस्