इपिएस पीडितहरूको शान्तिपूर्ण आन्दोलन पौष १६ गते

इपिएस पीडितहरूको शान्तिपूर्ण आन्दोलन पौष १६ गते

काठमाडौं ।। दक्षिण कोरियाको रोजगारी प्रणाली अन्तर्गत इपिएस (EPS) परीक्षा उत्तीर्ण गरी रोष्टरमा सूचीकृत भएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि रोजगार नपाएका इपिएस पीडितहरू आफ्ना जायज मागहरू राख्द शान्तिपूर्ण आन्दोलनमा उत्रिने भएका छन्।

इपिएस भाषा परीक्षा पास गर्नु र रोष्टरमा बस्नु मात्र योग्य हो, रोजगारको ग्यारेन्टी होइन भन्ने एकतर्फी भनाइका कारण हजारौं नेपाली युवाको भविष्य अन्योलमा परेको छ। बारम्बार ज्ञापनपत्र, भेटघाट, कूटनीतिक पहल र कार्यालयमा जानकारी गराउँदा समेत समस्या समाधानतर्फ कुनै ठोस कदम नचालिएकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो।

अबको आन्दोलन एचआरडी कोरिया सम्बन्धित इपिएस कार्यालय तथा इपिएस परीक्षा हल, भैंसेपाटी परिसरमा शान्तिपूर्ण रूपमा आयोजना गरिने पीडितहरुले बताएका छन्।

इपिएस पीडितहरूको मुख्य मागहरू:

भाषा परीक्षा पास गरी रोष्टरमा रहेका पीडितहरूलाई प्राथमिकताका आधारमा रोजगारी सुनिश्चित गरियोस्।

दुई वर्ष रोष्टर अवधि पूरा हुन लागेकाहरूको रोष्टर समयावधि तत्काल थप गरियोस्।

मेनु,एग्रीकल्चर, शिप र सीबीटी सेक्टरमा रोकिएका प्रक्रिया तुरुन्त अघि बढाइयोस्।

इपिएस प्रक्रियामा देखिएको अन्योल, ढिलासुस्ती र अस्पष्टता अन्त्य गरियोस्।

प्रतिक्रिया दिनुहोस्