स्थानीय सरकारको व्यवस्थापन पछि सुर्वण गाउँपालिकामा आमुल परिर्तन

स्थानीय सरकारको व्यवस्थापन पछि सुर्वण गाउँपालिकामा आमुल परिर्तन

रचना तिमलसिना
सुर्वण गाउँपाििलका । बारा जिल्लाको सुवर्ण गाउँपालिकामा भौर्तिक पूर्वाधाहरुको कामले तिव्रता पाएसँगै आमुल परिर्वतन आएको छ । सडक, पुल, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायत अन्य क्षेत्रमा विकास निर्माण तिव्र गतिमा भइरहेको अध्यक्ष महेन्द्र प्रसाद यादवको भनाई छ । एक घर एक धारा खानेपानीको अभियान सञ्चालनद्धारा टोलटोलमा खानेपानी पु¥याउने योजना रहेको उहाँले भन्नुभयो ।

पालिकादेखि वडा कार्यलयसम्म जोड्ने सडक निर्माण र भएका सडकलाई सुधार गर्ने कार्य सम्पन्न भएको अध्यक्ष यादवले जनाउनु भयो । उत्त सडकखण्ड निर्माण भए पश्चात स्थानीय वासिन्दाहरुमा आवतजावत गर्न थप सहज भएको उहाँले बताउनु भयो । कृषि क्षेत्रमा आवद्ध भएका कृषकहरुको लागि सिंचाइमा लगानी गर्ने योजना रहेको अध्यक्ष यादवले भन्नुभयो ।

यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत नागरिकहरु समक्ष सचेतना गराएको अध्यक्ष यादवले बताउनु भयो । कोरोनाबाट प्रभावित भएका नागरिक र विपन्न घर परिवाहरुहरुलाई राहत वितरण गरेको अध्यक्ष यादवले जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्