काठमाडौं ।। काठमाडौंको कोटेश्वरस्थित कालिन्चोक खड्का पार्टी प्यालेसमा शहरे बिपद् सहयोग समाज दोलखाको पाँचौँ वार्षिक साधारण सभा भदौं १४ गते भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष खुस बहादुर खड्काको सभापतित्वमा आयोजित यो सभामा प्रमुख अतिथिको रूपमा तामाकोशी गाउँपालिकाका अध्यक्ष पूर्ण प्रताप के.सी. र विशेष अतिथिको रूपमा वडा नं. ४, मालुका वडाध्यक्ष नारायण खड्का (सुरज) उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा अध्यक्ष खड्काले संस्थाको वार्षिक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नुभयो। उपाध्यक्ष अन्जना रिमाल रोकाहाले स्वागत मन्तव्य राख्नुभयो भने कोषाध्यक्ष जमुना सुन्दासले संस्थाको आर्थिक विवरण पेश गर्नुभयो। त्यस्तै, वरिष्ठ उपाध्यक्ष डा. होम प्रसाद अधिकारीले संस्थाको आगामी योजना र कार्यक्रमहरूबारे जानकारी गराउनुभयो।
कार्यक्रमको संचालन संस्थाका सचिव टीका फुयालले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्