ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकाले कृषि तथा पशुपालनमा जोड दिएको छ ।
कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई गाउँपालिका स्तरमै रोजगारि सृजना गर्ने तथा बिपन्न बर्गको जीवन स्तरलाई माथि उकास्न सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष मोतिराज राइले बताउनु भयो ।
उहाका अनुसार कृषी तथा पशुपालनको लागि किसानहरु लाई बिना धितो र बिना ब्याज ऋण दिने जस्ता काम हरु पालिकाले थालेको छ ।कृषिसंगै पालिकाले बिकास र समृदी तर्फको यात्रालाई पनि अगाडि बढाउनको लागि बिकासका पुर्बाधारहरु शिक्षा ,स्वास्थ रोजगारको राम्रो ब्यवस्था गरेरहेको छ ।
गाउँपालिकाले प्राविधिक एबम गुणस्तरिय शिक्षाको ब्यवस्थाको लागी बिद्यालय भवनको निर्माण सम्पन्न गरको छ । यस्तै सुबिधा सम्पन्न अस्पतालको निर्माण गरि स्वास्थ क्षेत्रमा पनि उल्लेखनीय योगदान पुराएको छ गाउँपालिकाले । गाँउपालिकाले खानेपानीको सुबिधाको लागि एक घर एक धाराको नीति अंगालेको छ। त्यस्तै सबै वडाबाट पालिकाको केन्द्र सम्म पुग्ने सडकको काम पनि तिब्र गतिमा भैरहेको छ ।
विश्व ब्यापी महामारी कोरोना भाइरसको प्रभावले केही समय ढिला भएको गाउँपालिकाको भवन निर्माण कार्य पनि चाडैं सम्पन्न हुने अध्यक्ष राइले बताउनु भयो । भाबी दिनमा पनि स्रोत र साधनले भ्याए सम्म विकासका काम गर्दै जाने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्